प्रदिप सिंह, लहान । सिरहाको लहान नगपालिका ३ स्थित खेतमा एक महिला मृत फेला परेकी छन् ।
खुर्सानी खेतमै स्थानीय चौधरी महतोकी ५५ वर्षीया श्रीमती लखियादेबी महतो मृत फेला परेकी हुन् । उनको मृत्यूको कारण खुल्न सकेको छैन् ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि लहान अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















