Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

लहान २२ असार ।सीमावर्ती जिल्लाहरूमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको भूमिकामाथि सिरहामा फेरि प्रश्न उठेको छ। गत असार १७ गते राति जिल्ला भन्सार कार्यालय सिरहाले करिब १६ लाख रुपैयाँ बराबरको भन्सार छलीका मालसामानसहित दुई जनालाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको सक्रियतामाथि आलोचना भएको हो।

गस्तीमा खटिएको भन्सार टोलीले गोलबजार नगरपालिका–६ र नरहा गाउँपालिका–३ का दुई फरक स्थानबाट सारी, ब्लाउज कपडा, मोटरसाइकल र ‘सेतो मोती’ लगायत सामग्रीसहित दुई युवा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका व्यक्तिले सामान भारततर्फबाट बडहरी र बरियारपट्टी नाकाबाट ल्याइएको बयान दिएका छन्। ती दुवै नाका सशस्त्र प्रहरी बलको नियमित निगरानी क्षेत्रमा पर्दछन्।

भन्सार कार्यालयका सूचना अधिकारी बिमल श्रेष्ठका अनुसार, टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो। उनका अनुसार, नियन्त्रणमा लिइएका सामग्री भन्सार कार्यालय माडरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। “गस्ती टोलीले लामो समयको निगरानीपछि तस्करी नियन्त्रण गर्न सफल भएको हो,” श्रेष्ठले भने।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

यसबीच सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाका प्रमुख एसपी नरेश भण्डारीले भने भन्सारसँग समन्वयमै अपरेसन गरिएको दाबी गरेका छन्। तर, भन्सार कार्यालयले प्रस्तुत गरेको प्रतिवेदन र गस्ती टोलीका सदस्यहरूको भनाइ अनुसार सम्पूर्ण कारबाही भन्सारकै नेतृत्वमा गरिएको हो।

स्थानीय स्रोतहरूका अनुसार नियन्त्रणमा लिइएका सामग्री ल्याउँदा दुई जना बर्दीविहीन व्यक्ति मोटरसाइकलमा स्कटिङ गरिरहेको देखिएको थियो। भन्सार टोलीले देख्नासाथ ती व्यक्ति भागेको बताइएको छ।

घटनासँगै सशस्त्र प्रहरीभित्र ‘घुमुवा’ नामक ब्यवस्थामाथि पनि प्रश्न उठेको छ। प्रहरी वृत्तमा बदनाम मानिने सई विष्णु प्रसाद गौतम घुमुवाको नेतृत्व गरिरहेको आरोप लागेको छ। उनी विगतमा पनि तस्करीसम्बन्धी विवादमा परेका थिए।

भन्सार कार्यालयले यस घटनाबारे सबै विवरण जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पठाएको जनाएको छ। तर, सशस्त्र प्रहरीको निगरानीबीचबाट भन्सार छलीका सामान ओसारपसार हुनु र त्यसबारे प्रहरी पक्षबाट स्पष्ट प्रतिक्रिया नआउनुले घटनालाई थप शंकास्पद बनाएको छ।

स्थानीय नागरिक समाजले पनि तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिकामाथि कडा आलोचना गर्दै उच्चस्तरीय छानबिनको माग गरेका छन्। उनीहरूको भनाइमा, तस्करी नियन्त्रण राज्य संयन्त्रको मूल दायित्व हो, जुन कार्य प्रभावकारी रुपमा नभएको देखिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.