Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बूढीगंगाको झाडीमा युवतीको शव फेला, बलात्कारपछि हत्या गरिएको आशंका

बूढीगंगाको झाडीमा युवतीको शव फेला, बलात्कारपछि हत्या गरिएको आशंका

विराटनगर ३१ असार । मोरङको बूढीगंगा गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छेउको झाडीमा एक युवतीको सडेको अवस्थामा शव फेला परेको छ। शनिबार साँझ करिब ४ बजे फेला परेको उक्त शवको अवस्था भयावह रहेको प्रहरीले जनाएको छ।

अनुहार र शरीरका विभिन्न भागहरूमा किरा लागेको र युवती नग्न अवस्थामा फेला परेकीले घटनामा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। कम्मरदेखि तलको भागमा कपडा नलागाएको अवस्थामा भेटिएको शवसँगै चप्पल, चिम्टी र पाइन्ट छुट्टै अवस्थामा फेला परेको छ। यसले घटनालाई योजनाबद्ध ढंगले ललाइफकाई हत्या गरिएको संकेत दिएको प्रहरीले बताएको छ।

मृतकको पहिचान अहिलेसम्म खुलेको छैन। मोरङ प्रहरीकी डीएसपी कोपिला चुँडालका अनुसार युवतीको अनुहार अत्यन्त क्षतविक्षत अवस्थामा रहेकाले पहिचानमा कठिनाइ भएको हो। ‘हालसम्म कसैले हराएको भनेर पनि जानकारी दिएको छैन,’ उनले भनिन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

प्रहरीले मृतक स्थानीय वा वरपरको क्षेत्रमा डेरा गरी बस्ने हुनसक्ने अनुमान गरेको छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ। प्रारम्भिक अनुमान अनुसार मृतक युवतीको उमेर २० वर्षभन्दा कम हुनसक्छ।

हालसम्मका प्रमाणले घटनामा बलात्कारको सम्भावना देखिए पनि अनुसन्धानमै पुष्टि हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ। ‘शंकाको भरमा निष्कर्षमा पुग्न मिल्दैन,’ स्रोतले भन्यो, ‘सबै कोणबाट अनुसन्धान भइरहेको छ।’

घटनापछि आसपासका स्थानीयहरू त्रसित बनेका छन्। घटनाले आपराधिक गतिविधिहरूप्रति गम्भीर सावधानी आवश्यक भएको सन्देश दिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.