Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानको खुट्टी सिँचाइ आयोजना सञ्चालनको तयारी, चार वर्षपछि किसानमा आशा पलायो

लहानको खुट्टी सिँचाइ आयोजना सञ्चालनको तयारी, चार वर्षपछि किसानमा आशा पलायो

लहान ।करिब नौ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न ‘खुट्टी सिँचाइ नहर’ चार वर्षपछि सञ्चालनमा ल्याउने तयारी थालिएको छ। बजेट अभाव, स्थानीय तहसँग समन्वयको कमी र अन्य विवादका कारण लामो समयदेखि थन्किएको यो आयोजना अब पुनः सञ्चालनमा आउने भएपछि किसानमा आशाको किरण देखिएको छ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा उक्त नहरको सुधार र सफाइका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाका अनुसार यही बजेटबाट नहर सफा गरी सञ्चालन गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको हो।

आज सिँचाइ आयोजनाको स्थलगत अनुगमनका लागि मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख हस्मत अन्सारी, लहान इलाका प्रशासन प्रमुख गोकर्णराज सुयल तथा सुरक्षा निकायका उच्च अधिकारीसहितको टोली पुगेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

अनुगमनपछि सरोकारवाला सबै पक्षबीच छलफल गरी छिट्टै नहर सञ्चालन गर्ने सहमति जुटाइएको डिभिजन प्रमुख अन्सारीले जानकारी दिए। “विगत तीन वर्षदेखि बजेट नपाउँदा काम अगाडि बढ्न सकेको थिएन,” उनले भने, “आजको स्थलगत अनुगमनको उद्देश्य अवरोधको पहिचान गरी समाधान खोज्नु नै हो। अब यो आयोजना ‘फास्ट ट्र्याक’मा अघि बढ्नेछ।”

करीब ९३५ बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण गरिएको यो नहर लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीका किसानहरूका लागि महत्वपूर्ण मानिन्छ।

‘हेडवक्र्स’ निर्माणसँगै उत्साहित बनेका किसानहरू लामो समयसम्म नहर सञ्चालन नहुँदा निराश बनेका थिए। निरन्तर बेवास्ता भएपछि किसानहरूले संघर्ष समिति गठन गरी दबाब सिर्जना गरेपछि मात्र पुनः सञ्चालनको प्रक्रिया सुरु भएको हो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.