Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

देशमा जनआक्रोश व्यापक छ, जनता जुनैबेला विद्रोहमा उत्रिन सक्छन- उपेन्द्र यादव

देशमा जनआक्रोश व्यापक छ, जनता जुनैबेला विद्रोहमा उत्रिन सक्छन- उपेन्द्र यादव

राजविराज, २८ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका छन्।
जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सरकारको भ्रस्ट र नस्लीय चरित्रले अक्रान्त भैसकेका जनताले यो सरकारको विकल्प खोजिरहेको बताएका हु्न् ।

देशमा भ्रष्टाचार, कुशासन एवम् विभेद चरम सिमामा पुगिसको आरोप लगाउँदै अध्यक्ष यादवले भने- ‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाह बन्न खोजेको छ, जनतामा सरकारप्रति व्यापक निराशा र आक्रोश छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ ।’

संसारमै अविकशित एवम् पछाडि परेको तथा वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा रहेको आरोप लगाउँदै उनले देश उल्टो गतितर्फ ओरालो लागेको बताए । लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियसभा मात्र ६ जना मधेशको प्रतिनिधित्व रहेको चर्चा गरे । उनले भने ‘रणनीति तहत मधेशलाई टुक्राटुक्रामा विभाजन गरेको गरेको छ, जबकि स्वायत्त मधेशको कुरा संविधानमै लेखिएको छ ।’

ADVERTISEMENT
ADVERTISEMENT

परिवर्तनका लागि सङ्घर्ष आवश्यक रहेकोले अध्यक्ष यादवले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टी निर्माण, मजबुत र सङ्गठन सदृढिकरण गर्न तथा सामाजिक न्याय र अधिकारका लागि काम गर्न निर्देशन दिए । विकास, समानता र अधिकारका लागि लडाई सँगसँगै लड्नका लागि पार्टीलाई सङ्गठित बनाउनु पर्नेमा जोड दिँदै उनले भने ‘वडा, टोल, बस्तीहरूमा सभा, बैठक गरी जागरूकता बढाउनु जरुरी छ ।’

ADVERTISEMENT

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद यादवले राजगढ गाउँपालिकामा होनहार युवा लालु यादवलाई बिना कसुर प्रहरीले दमन गरी ज्यान मारेकोप्रति आक्रोश ब्यक्त गर्दै दोषी प्रहरीलाई कडा कार्वाही गर्न माग गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विकास तिवारी, शैलेन्द्र मोहन झा, अमरनाथ मण्डल, गीता यादव, राजबिराज नगरपालिकाकी कार्यवाहक मेयर ईसरत परविन, केन्द्रीय अनुशासन समिति सदस्य कैलाश यादव, सल्लाहकार समिति सदस्य श्यामदेव यादव, प्रदेश सदस्यद्वय युसुफ अली, किशोर कुमार यादव, निर्वाचन समिति संयोजक कृष्ण प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरे ।

उक्त अवसरमा नवनिर्वाचित जसपा सप्तरीका अध्यक्ष केदार यादवले पार्टी निर्माण तथा मजबुत बनाउन आफु कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अवकाशप्राप्त इन्जिनियर योगेन्द्र प्रसाद यादवले जसपा नेपालमा प्रवेश गरेका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.