सुनसरी — सप्तकोशी व्यारेजमा पानीको बहाव पाँच लाख १० हजार ९६० क्युसेक नाघेपछि उच्च सतर्कता जारी गरिएको छ।
लगातार बढ्दो जलसतहका कारण व्यारेजका सबै ५६ ढोका खोलिएको व्यारेज कार्यालयले जनाएको छ।
प्रशासनले सप्तकोशीको सतह अत्यन्त खतरनाक तहमा पुगेको भन्दै तटीय क्षेत्रमा “हाई अलर्ट” जारी गरेको छ। अहिलेको बहावलाई जोखिमपूर्ण मानिँदै आसपासका बस्तीमा सर्तक रहन अनुरोध गरिएको छ।















