Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

घुमुवा तानियो, एसपी सुरक्षित : सशस्त्र प्रहरीभित्र ‘ठूला जोगाउने, साना बलि चढाउने’ प्रवृत्ति उजागर

घुमुवा तानियो, एसपी सुरक्षित : सशस्त्र प्रहरीभित्र ‘ठूला जोगाउने, साना बलि चढाउने’ प्रवृत्ति उजागर

वीरगंज । सशस्त्र प्रहरी बल नेपालले घुमुवा प्रणाली अन्त्य गर्ने स्पष्ट नीति लिइसकेको दाबी गरिरहँदा पर्सामा भने सोही नीति खुलेआम उल्लंघन भएको तथ्य बाहिर आएको छ। पर्सास्थित नम्बर १३ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्ट ले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल को निर्देशन विपरीत सादा पोसाकमा घुमुवा परिचालन गरेको खुलासा भएपछि संगठनभित्र गम्भीर प्रश्न उठेको छ।

नीति विपरीत घुमुवा खटाइएका प्रहरी जवान रामराज यादव लाई काठमाडौंस्थित हेडक्वार्टर तानिएको छ। तर, घुमुवा खटाउने मुख्य जिम्मेवार अधिकारी गणपति एसपी भट्टमाथि भने कुनै पनि प्रकारको ठोस विभागीय कारबाही नहुनु ले सशस्त्र प्रहरी संगठनभित्र ‘ठूला जोगाउने, साना दण्डित गर्ने’ दोहोरो मापदण्ड हावी भएको आरोप बलियो बन्दै गएको छ।

सशस्त्र प्रहरी संगठनभित्र घुमुवा प्रणाली भ्रष्टाचार, तस्करी संरक्षण र अवैध आर्थिक कारोबारको माध्यम बनेको निष्कर्षसहित केन्द्रले यसलाई अन्त्य गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देशभर घुमुवा हटाउने प्रक्रिया अघि बढाइए पनि पर्सामा भने गणपति भट्टकै निर्देशन र संरक्षणमा घुमुवा परिचालन भएको स्रोतहरू बताउँछन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

स्रोतका अनुसार, यादव पाँच वर्षभन्दा बढी समय एउटै जिल्लामा घुमुवा रूपमा खटाइएका थिए, जुन संगठनको सरुवा नीति र अनुशासनको ठाडो उल्लंघन हो। नीति उल्लंघनमा संलग्न जवानलाई मात्र तानेर ‘सुधार’ को नाटक गरिए पनि निर्देशन दिने जिम्मेवार एसपीमाथि कारबाही नहुनुले “कानुन कमजोरका लागि मात्रै हो ?” भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

स्थानीय स्रोतहरूका अनुसार, घुमुवा यादव एसपी भट्टका ‘सेटिङ मिलाउने’ व्यक्ति का रूपमा चिनिन्थे। तस्करहरूसँग मिलेर अवैध असुली र तस्करी सञ्चालन भएको उजुरी उच्च तहसम्म पुगेपछि मात्र उनलाई हेडक्वार्टर तानिएको बताइन्छ। तर यादवका प्रमुख सहयोगी तथा घुमुवा कमाण्डर भनिएका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल भने अझै पर्सामै ‘काज’ मा राखेर परिचालन भइरहेको आरोप छ, जबकि उनी औपचारिक रूपमा डोल्पा सरुवा भइसकेका छन्।

हेडक्वार्टर स्रोतका अनुसार, एसपी भट्टलाई सामान्य सोधपुछ गरी चेतावनी मात्र दिइएर पुनः पर्सा पठाइएको छ। भन्सार छली, तस्करी नियन्त्रणमा असफलता र घुमुवा दुरुपयोगसम्बन्धी आरोप हुँदाहुँदै पनि कारबाही नहुनुले संगठनको शून्य सहनशीलता नीति कागजमै सीमित भएको टिप्पणी बढ्दै गएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदभार सम्हालेसँगै सादा पोसाकमा घुमुवा परिचालन नगर्ने, उल्लंघन भए कार्यालय प्रमुखलाई कारबाही गर्ने स्पष्ट लिखित निर्देशन जारी गरेका थिए। करिब चार सय घुमुवा एकैपटक फिर्ता बोलाइएको पनि सशस्त्रले जनाएको छ। तर, पर्सामा भने संगठन प्रमुखको निर्देशनलाई नै चुनौती दिँदै गणपति स्वयंले घुमुवा परिचालन गरेको आरोप लाग्नुले नेतृत्वको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ।

अब प्रश्न उठेको छ—
घुमुवा खटाउने आदेश कसले दियो ?
नीति उल्लंघन गर्ने गणपति एसपी भट्टमाथि कहिले छानबिन हुन्छ ?
कि सशस्त्र प्रहरीभित्र केही ‘विशेष’ अधिकारी नीति भन्दा माथि छन् ?

यदि नीति उल्लंघनमा संलग्न जिम्मेवार अधिकारीमाथि पनि कारबाही नहुने हो भने ‘घुमुवा प्रणाली अन्त्य’ गर्ने निर्णय केवल कागजी नारा बन्ने जानकारहरूको चेतावनी छ। पर्साको यो घटना सशस्त्र प्रहरी संगठनभित्रको दोहोरो मापदण्डको ज्वलन्त उदाहरण बनेको उनीहरूको भनाइ छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.