Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भिम बहादुर थापा (भरत) : व्यवसायदेखि प्रतिनिधिसभाको उम्मेदवारसम्मको प्रेरक यात्रा

भिम बहादुर थापा (भरत) : व्यवसायदेखि प्रतिनिधिसभाको उम्मेदवारसम्मको प्रेरक यात्रा

पुरुषोत्तम सुबेदी

नवलपरासी, माघ १६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट युवा उम्मेदवार भिम बहादुर थापा (भरत) हुनुहुन्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका थापा स्थानीय तहमा कार्यकाल पुरा गरेका समाजसेवीका रूपमा चिनिनुहुन्छ।

अनुभवी र गतिशील नेतृत्व
पश्चिम नवलपरासीके सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुखका रूपमा नेतृत्व प्रदान गरिसक्नुभएका थापाले आफ्नो कार्यकालमा नगरको जग बसाल्न र विकासका योजनाहरूलाई गति दिन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँको यही प्रशासनिक अनुभव र जनस्तरको पकड नै यसपटकको उम्मेदवारीको मुख्य आधार बनेको देखिन्छ।

ADVERTISEMENT
ADVERTISEMENT

संस्थापक नगर प्रमुखको जिम्मेवारीमा रहदा :

संघीयता कार्यान्वयनको पहिलो चरणमा सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुख निर्वाचित हुनु थापाको राजनीतिक जीवनको कोशेढुङ्गा सावित भयो। शून्य अवस्थाबाट नगरपालिकाको संरचना खडा गर्ने, स्रोत जुटाउने र विकासको प्रारम्भिक गुरुयोजना बनाउने श्रेय उहाँलाई नै जान्छ।

पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट चर्चामा रहनुभएका युवा थापा (भरत) को लोकप्रिय मानीनुहुन्छ । संस्थापक नगर प्रमुख हुँदा उहाँले देखाएको काम र कोभिड कालमा गरेको उदाहरणीय कार्यलाई स्थानीयले अहिले निर्वाचनको मुखमा स्मरण गर्न थालेका छन्।

ADVERTISEMENT

नगर प्रमुखको पाँच वर्षे कार्यकालमा सरकारी गाडी र तलब-भत्ता जस्ता कुनै पनि आर्थिक सुविधा नलिई “स्वयंसेवक”का रूपमा काम गरेर थापाले सुशासनको नयाँ मानक स्थापित गर्नुभएको थियो। “पदमा पुगेर व्यक्तिगत लाभ लिनेहरूको भिडमा आफ्नै निजी साधन चढेर जनताको काम गरेका कारण थापा चर्चामा हुनुहुन्छ ।

त्यस्तै, कोरोना महामारीको समयमा जिल्लामै पहिलोपटक प्रभावकारी उपचार केन्द्र सञ्चालनमा ल्याएर नागरिकको ज्यान बचाउन उहाँले खेल्नुभएको भूमिकालाई अहिले पनि सुनवलवासीले गौरवका साथ सम्झने गर्छन्। यही जनसेवाको जगमा उभिएर थापाले यसपटक क्षेत्र नं. २ को भौतिक र सामाजिक विकासका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ।

राजनीतिसँगै आर्थिक क्षेत्रमा पनि दख्खल राख्ने थापा उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्ष हुनुहुन्छ। उद्योग वाणिज्य संघ, नवलपरासीको अध्यक्षको रूपमा उहाँले निजी क्षेत्रको हकहितका लागि मात्र लड्नुभएन, बरु जिल्लामा लगानी भित्र्याउन र साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो।निजी क्षेत्र र आर्थिक विकासका मुद्दाहरूमा उहाँको विशेष दख्खल रहेकाले पनि युवा र व्यवसायीहरू माझ उहाँ लोकप्रिय हुनुहुन्छ।

भौतिक विकास र पूर्वाधारमा जोड

थापाले यसपटकको निर्वाचनमा ‘भौतिक विकास र आर्थिक रूपान्तरण’ लाई मुख्य चुनावी एजेण्डा बनाउनुभएको छ। उहाँका अनुसार क्षेत्र नं. २ को समग्र विकासका लागि सडक सञ्जालको स्तरोन्नति, व्यवस्थित सहरीकरण, र कृषि पूर्वाधारको निर्माण अनिवार्य छ।

मुख्य चुनावी एजेण्डाहरू

उहाँले क्षेत्र नं. २ भित्रका रणनीतिक सडकहरूको कालोपत्रे र नयाँ सडक सञ्जाल विस्तार, स्थानीय उत्पादनलाई बजारसँग जोड्न कृषि बजार र शीतभण्डारको व्यवस्थान, औद्योगिक वातावरण निर्माण गरी युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना र शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारमा परिवर्तन मुख्य चुनावी एजेण्डाहरू रहेका छन् ।

युवा मतदाताहरूमा उत्साह

पार्टीभित्र र बाहिर पनि मिलनसार र स्पष्ट वक्ताका रूपमा चिनिने थापाको उम्मेदवारीले विशेषगरी युवा मतदाताहरूमा उत्साह जगाएको छ। “नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय थापाले यसपटकको निर्वाचनमा आफूले जनताको विश्वास जित्ने र क्षेत्र नं. २ लाई विकासको नमुना बनाउने दाबी गर्नुभएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.