Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा
ADVERTISEMENT

लहान २ फागुन।आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष गिरी सिलवाल चुनावी मैदानमा उत्रिएका छन्। स्वर्गीय सामाजिक चिन्तक तथा बौद्धिक नेता प्रदीप गिरीका एक्ला छोरा सिलवालले विचार र सिद्धान्त केन्द्रित राजनीतिलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएका हुन्।
राजनीतिक पृष्ठभूमि र वैचारिक वातावरणमा हुर्किएका उनले परम्परागत शक्ति–केन्द्रित राजनीतिभन्दा फरक ढंगले जनतामाझ प्रस्तुत भइरहेका छन्। उनले आफू पद, प्रतिष्ठा वा सत्ताका लागि नभई राजनीतिक संस्कारको पुनःस्थापना र वैचारिक स्पष्टताको अभ्यासका लागि उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
हाल उनी घरदैलो कार्यक्रममार्फत गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि सुधार र सुशासनलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।
स्थानीय स्तरमा सिलवालप्रति सकारात्मक चासो देखिएको बताइन्छ। विशेषगरी युवापुस्तामाझ उनको उम्मेदवारीले उत्साह थपेको समर्थकहरूको दाबी छ। समर्थकहरूले उनलाई सक्षम, इमानदार र दूरदर्शी उम्मेदवारका रूपमा चित्रण गरिरहेका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका उनले दलगत सीमाभन्दा माथि उठेर समग्र क्षेत्रको विकास, पारदर्शिता र उत्तरदायित्वपूर्ण राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा सिरहा–१ मा उनको सक्रियता र चुनावी माहोल थप चासोको विषय बन्दै गएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

एकल बहुमत दिन चितवनबाट रविको आह्वान

एकल बहुमत दिन चितवनबाट रविको आह्वान

सप्तरी–२ मा सीके राउतको जनलहर, ‘निकास र विकास’ एजेन्डाले चुनावी माहोल तात्यो

सप्तरी–२ मा सीके राउतको जनलहर, ‘निकास र विकास’ एजेन्डाले चुनावी माहोल तात्यो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.