Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

सुनसरी ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति भएको घटनापछि जिल्लाका विभिन्न स्थानमा तनाव बढेको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा सडक अवरोधका घटना भएको जनाइएको छ।
स्थानीयका अनुसार कोशी कटान क्षेत्रमा रहेका केही पसलमा तोडफोड र आगजनी गरिएको छ भने केही स्थानमा लुटपाटसमेत भएको दाबी गरिएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।
बिग्रँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले देवानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मीको थप परिचालन गरिएको प्रशासनले जनाएको छ।
यता भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा दुई समुदायका केही युवाबीच ढुंगामुढा भएको स्थानीयले बताएका छन्। उक्त क्षेत्र मुख्य बजारभन्दा भित्री भागमा पर्ने भएकाले सुरक्षाकर्मी तत्काल पुग्न कठिन भएको दाबी गरिएको छ।
कोशी गाउँपालिका–४, कटानस्थित पूर्वपश्चिम राजमार्ग आसपासका केही किराना पसलमा आगजनी र लुटपाट भएको जनप्रतिनिधिहरूले बताएका छन्। घटनामा केही व्यक्तिको संलग्नता रहेको दाबी गर्दै सुरक्षा निकायलाई जानकारी गराइएको भए पनि केही स्थानमा प्रदर्शन जारी रहेको जनाइएको छ।
स्थानीयका अनुसार कोशी कटान क्षेत्रमा केही व्यक्तिमाथि कुटपिट भएको छ। साथै, भोक्राहा नरसिंह गाउँपालिका–६ का करिम अन्सारीमाथि घरमै प्रवेश गरेर आक्रमण गरिएको आरोप लगाइएको छ। केही घरमा आगजनी भएको दाबीसमेत गरिएको छ।
घटनापछि स्थानीयवासीले हिंसा थप फैलिन नदिन सरकारबाट प्रभावकारी सुरक्षा व्यवस्था, निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। साथै, कुनै पनि समुदायका निर्दोष नागरिकमाथि हुने हिंसा स्वीकार्य नहुने उनीहरूको भनाइ छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.