Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

महेश सिंह लहान सिरहा– बालविवाह तथा विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई शिक्षाको मूलधारमै टिकाइराख्ने उद्देश्यसहित मुक्ति नेपालले सिरहाको गोलबजार नगरपालिका–३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, जमदह तेतरियामा ३३ जना किशोरीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रमअन्तर्गत आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका किशोरीलाई विद्यालय झोला, कापी, ज्यामिती बक्स, डटपेन र क्याल्कुलेटर उपलब्ध गराइएको हो। सहभागीहरूले यस्तो सहयोगले किशोरीहरूको पढाइ निरन्तर राख्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अयोधी सदायको अध्यक्षता तथा वडा नं. ३ का वडा अध्यक्ष धनप्रसाद लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अरुण कुमार साह, शिक्षक–अभिभावक संघका अध्यक्ष रिझन साह, मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साह, जिल्ला संयोजक बिशेश्वर दास, परियोजना संयोजक त्रिवेणी कुमार यादव, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा वक्ताहरूले बालविवाह, लैङ्गिक विभेद र विद्यालय छोड्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न केवल शैक्षिक सामग्री वितरण मात्र पर्याप्त नहुने उल्लेख गर्दै परिवार, विद्यालय, स्थानीय सरकार र सामाजिक संस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए। उनीहरूले सामाजिक सञ्जालको दुरुपयोगबाट किशोरीलाई जोगाउन अभिभावकीय निगरानी र गुणस्तरीय शिक्षाको भूमिका अझ महत्वपूर्ण रहेको धारणा राखे।

मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहले छोरीहरूको शिक्षा नै हिंसा, विभेद र परनिर्भरताबाट मुक्त समाज निर्माणको आधार भएको बताउँदै उनीहरूको शिक्षामा परिवार र समुदायले प्राथमिकता दिनुपर्ने बताइन्। वडा अध्यक्ष धनप्रसाद लामाले शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका बालबालिकाको पहिचान गरी वडा कार्यालयबाट आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

परियोजना संयोजक त्रिवेणी कुमार यादवका अनुसार आगामी चरणमा गोलबजार नगरपालिका वडा नं. १० र १३ का जोखिममा रहेका किशोरीलाई पनि यस्तै शैक्षिक सामग्री वितरण गरिनेछ।

कार्यक्रमको अन्त्यमा सामग्री प्राप्त गरेका किशोरीहरूले नियमित विद्यालय जाने, मन लगाएर अध्ययन गर्ने र पढाइलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। अभिभावकहरूले पनि छोरीहरूको शिक्षालाई प्राथमिकतामा राख्ने, बालविवाह नगर्ने र नगराउन सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.