Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

महेश सिंह लहान सिरहा – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन तथा पीडितलाई न्याय दिलाउनुपर्ने मागसहित राष्ट्रिय एकता दलले आन्दोलनलाई थप सशक्त बनाएको छ। सोही अभियानअन्तर्गत दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौंमा आमरण अनशनमा बसेका छन्।

दलका अनुसार घटनापछि सरकारलाई २४ घण्टे अल्टिमेटम दिइएको भए पनि त्यस अवधिमा माग सम्बोधनका लागि कुनै ठोस पहल नभएको भन्दै आमरण अनशनको निर्णय गरिएको हो। अनशनस्थलमा दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग दोहोर्याइएको थियो।

अध्यक्ष यादवले सरकारले घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष अनुसन्धान गर्नुपर्ने र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए। उनले आन्दोलन कुनै राजनीतिक स्वार्थका लागि नभई पीडित परिवारको न्यायका लागि केन्द्रित रहेको दाबी गरे।

ADVERTISEMENT
ADVERTISEMENT

राष्ट्रिय एकता दलले मृतकलाई शहीद घोषणा, घाइतेहरूको निःशुल्क उपचार, घटनाको उच्चस्तरीय छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा पीडित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको जनाएको छ।

ADVERTISEMENT

कार्यक्रममा सहभागी नेताहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनीहरूले कानुनी शासनको प्रभावकारी कार्यान्वयनमार्फत पीडितलाई न्याय दिलाउन सरकारको दायित्व रहेको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

दलले आमरण अनशनलाई पहिलो चरणको दबाबमूलक कार्यक्रमका रूपमा व्याख्या गर्दै माग सम्बोधन नभए देशव्यापी विरोध प्रदर्शनसहित थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

समाचार तयार पार्दासम्म यस विषयमा गृह मन्त्रालय वा अन्य सम्बन्धित सरकारी निकायबाट कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ र कार्यक्रम शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.