Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेश प्रदेश सरकार गठनको लागि अझै सत्ता समीकरण स्पष्ट भएन

मधेश प्रदेश सरकार गठनको लागि अझै सत्ता समीकरण स्पष्ट भएन

जनकपुर सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन ।

यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह बढ्न नसकेको हो । यसले प्रदेशसभा सचिवालयसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम तय गर्न अन्योलमा छ ।

मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतृत्वसँग अनौपचारिक कुराकानी भइरहे पनि हालसम्म ठोस योजना बनिनसकेको बताए। अर्को हप्तासम्म सर्वदलीय बैठक बोलाउने तयारी गरे पनि दलहरूबाट प्रष्ट सङ्केत नआएकाले निष्कर्षमा पुग्न नसकेको उनले जानकारी दिए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

“उहाँहरू (दलहरू) केन्द्रीय सत्ता समीकरणको पर्खाइमा हुनुहुन्छ होला । हामीलाई पनि पार्टीहरूको संसदीय दल र नेतृत्व चयन भएको भए सल्लाह गर्न सजिलो हुन्थ्यो”, उनले भने, “तर पनि शपथग्रहण र प्रदेशसभा बैठकका लागि संसद् सचिवालय तयारी अवस्थामा छ । सर्वदलीय बैठकपछि कार्यक्रम तय गर्छौँ ।”पुस २१ भित्रै गरिसक्नुपर्नेछ शपथग्रहण र प्रदेशसभा बैठक
नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ ।

प्रदेशसभा सचिवालयका सचिव यादवले संवैधानिक व्यवस्थानुसार आगामी पुस २१ गतेभित्र प्रदेशसभा बैठक बस्नैपर्ने भएकाले त्यही आधारमा प्रदेशसभा बैठकको व्यवस्थापन गरिने स्पष्ट पारे । बीस दिनभित्र बैठक बस्ने र त्योभन्दा अघि शपथग्रहण गरिसक्नुपर्ने प्रावधान भए पनि प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको बन्ने प्रष्ट नभएकाले अहिले नै प्रदेशसभा बैठक व्यवस्थापनमा अन्योल रहेको बताए । “बैठक बस्नुअघि नै नयाँ सरकार बनेमा सोहीअनुसार व्यवस्थापन गर्छौँ”, यादवले भने, “त्यसो नभए पनि सर्वदलीय बैठकको निर्णयबमोजिम अगाडि बढ्छौँ ।” संविधानको धारा १६८ (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश सरकार बनाउनुपर्ने प्रावधान छ । यसअनुसार आगामी पुस ३१ गतेभित्र सरकार बनाइसक्नु पर्नेछ ।ज्येष्ठ सदस्यले गराउनेछन् शपथ
निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१( बाट निर्वाचित न्यौपाने हाल सबैभन्दा ज्येष्ठ सदस्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेपालको संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्छन् । ज्येष्ठ सदस्यले प्रदेशसभा सचिवालयको सिफारिसमा प्रदेश प्रमुखसमक्ष शपथग्रहण गर्ने गर्दछन् । यही व्यवस्थानुसार सर्वदलीय बैठकपछि ज्येष्ठ सदस्य र त्यसपछि बाँकी सदस्यको शपथग्रहणको योजना बनाउने प्रदेशसभा सचिवालयका सचिव यादवले जानकारी दिए ।

अघिल्लोपटक मधेस प्रदेशसभामा भोजपुरी, मैथली, नेपाली र हिन्दी गरी चार भाषामा शपथग्रहण गरिएको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.