Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कृषि अनुदानको नाममा सरकारबाट प्राप्त रकमको चरम भ्रष्टाचार

कृषि अनुदानको नाममा सरकारबाट प्राप्त रकमको चरम भ्रष्टाचार

Oplus_131072

इसत्याक अहम।राैतहटकाे पराेहा नगरपालिकास्थित श्री आजाद कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मो. बसीरुद्दिन आजादले सरकारबाट प्राप्त अनुदानको रकम र अन्य शीर्षकहरूमा व्यापक भ्रष्टाचार गरेको पाइएको छ।

संस्थाका अध्यक्ष आजादले कृषि अनुदानको नाममा सरकारबाट प्राप्त रकमको दुरुपयोग गर्ने गरेका छन् । उनले फर्जी बिलहरू तयार पारेर रकम हिनामिना गर्ने र सार्वजनिक स्रोतको दुरूपयाेग गर्दै आएका छन् ।

श्री आजाद कृषि सहकारी संस्था लि. ले अनुदानको रकम हिनामिना गरेको घटनाले इलाकामा व्यापक जनचासोको विषय बनेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यस सहकारी संस्थाले असोजमा गौर कृषि ज्ञान केन्द्रबाट कम बेस, सात लाख रूपैयाँको अनुदान लिएको थियो। यो रकम कृषि ज्ञान केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी ले जय नेपाल राईस उद्योगबीचको मिलेमतोमा लिइएको थियो। स्राेतका अनुसार यो रकम मीलसम्बन्धी योजनाका लागि लिइएको थियो । कुनै मेशिन खरीद नगरी फर्जी बिल बनाइएकाेले रकम दुरुपयोग भएको प्रष्ट देखिन्छ।

*कृषि ज्ञान केन्द्र र सहकारीको मिलेमतो* : रौतहट जिल्लाका विभिन्न नगरपालिकाहरूमा कृषि अनुदानको रकम फर्जी बिल र अनियमित क्रियाकलापमार्फत् हिनामिना गरिँदै आएकाे छ।

श्री आजाद सहकारी संस्थाका प्रमुखले कमिशन देएर सरकारी रकमको अनियमित प्रयोग गरेको आरोप लागेको छ।

गौर, चपुर, गरुडा, परोहालगायतका पालिकाहरूमा श्री आजाद सहकारी संस्थालगायतका केही सहकारी संस्थाहरूले फर्जी कागजात बनाएर अनुदानको दुरुपयोग गरेको देखिन्छ। यस प्रकरणमा कृषि ज्ञान केन्द्र प्रमुख सुरेन्द्र प्रसाद कुर्मीको भूमिका शंकास्पद रहेको छ।

*क्षेत्रीय विकासमा अवरोध* : यसप्रकारको भ्रष्टाचारले कृषि तथा व्यवसायिक विकासमा गम्भीर असर पारेको छ। अनुदानको रकम सही तरिकाले प्रयोग नगर्दा स्थानीय किसानहरू प्रभावित भएका छन्। उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्य पूरा नहुँदा, कृषि क्षेत्रमा अपेक्षित विकास र रोजगारीका अवसरहरूलाई नकारात्मक प्रभाव परेको छ।

ADVERTISEMENT

*फर्जी बिल र अनियमित कागजात* : श्री आजाद कृषि सहकारी संस्थाका अध्यक्ष मो. बसीरुदिन अजादले विभिन्न नगरपालिकाहरूमा फर्जी बिल र कागजात तयार पारेर लाखौं रुपैयाँ अनियमितता गरेको प्रमाण फेला परेको छ। कृषि सामग्रीको खरिद गर्दा दोकानदारसँग दोब्बर बिल बनाउन लगाई सरकारी रकमको दुरुपयोग गरेको देखिन्छ।

*न्यायिक अनुसन्धानको माग*
यस भ्रष्टाचार प्रकरणका विषयमा स्थानीयहरूले न्यायिक तहबाट अनुसन्धानको माग गरेको छ। स्थानीय समुदाय र सरोकारवालाहरूले भ्रष्टाचारको अन्त्यका लागि ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।

*आजाद भ्रष्टाचार प्रकरणकाे नाइकेकाे रूपमा* : राैतहटमा सहकारी ढगी प्रकरणका नाइकेकाे रूपमा श्री आजाद कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मो. बसीरुद्दिन आजाद देखिएका छन् । उनीसँग पत्रकारकाे फर्जी परिचयपत्र समेत रहेकाे छ । पत्रकारकाे रूपमा परिचय दिई उनले अधिकृतहरूलाई पभावित गर्ने गरेका छन् । उनी प्रत्येक दिन विभिन्न पालिका, सरकारी अड्डा र कृषि ज्ञान केन्द्र धाएका छन् । आजाद आफू पत्रकार भएको भन्दै सीमा आसपासका प्रहरी चौकीहरूलाईसमेत गुमराह पार्ने र तस्करहरूसँग रकम असुल गर्ने गरेको जनगुनासाे व्यापक छ । उनले कृषि सामग्रीमा व्यापक अनियमितता गरेको, समान खरिद गर्दा दोब्बर बिल बनाउन लगाएको, र सीमापारिबाट कर छल्दै कृषि मल आयात गर्ने गरेको स्राेतकाे दाबी छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.