काठमाडौँ – दसैँको अवसरमा एक साताभित्र काठमाडौँ उपत्यकाबाट करिब १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारका अनुसार दसैँ मनाउन उपत्यका छोड्नेहरुको संख्या बाढीपहिरोका कारण अपेक्षाभन्दा कम भएको हो।
महासङ्घले यस वर्ष १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेको थियो। तर विभिन्न स्थानमा बाढीपहिरो र सडक अवरोध हुँदा जोखिम मोलेर १३ लाखको हाराहारीमा मात्रै मानिस बाहिरिएको जानकारी दिए।
पछिल्लो वर्ष भने १८ लाख मानिस उपत्यकाबाट दसैँ मनाउन बाहिरिएका थिए।















