काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आज विजयादशमीको अवसरमा निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले अपराह्न ४ बजेपछि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइदिनेछन्।
संवाद सचिवालयका अनुसार, दशैँको शुभ साइतका प्रतीक रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाउन आज शुभेच्छुकहरूको निर्मल निवासमा बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।















