काठमाडौँ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको दाबी गरेका छन्। गोरखामा आयोजित एक कार्यक्रममा उहाँले संविधान कार्यान्वयन, सुशासन, उज्यालो नेपाल निर्माण, लोडसेडिङको अन्त्य, मध्यपहाडी लोकमार्गको प्रस्ताव, किसान ऋणमुक्ति, सामाजिक न्याय, र भ्रष्टाचारविरुद्ध कडा कदमजस्ता कामहरू माओवादीको नेतृत्वमा सम्पन्न भएको उल्लेख गरे।
उहाँले जनताका बीचमा माओवादीका उपलब्धिहरू पुर्याउन जोड दिँदै पार्टीले केही कमजोरी स्वीकार गर्दै फेरि जनतासँग नजिकिएर षडयन्त्रहरूलाई चुनौती दिने प्रतिबद्धता जनाए।















