Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मानव बेचबिखन नियन्त्रणका लागि हातेमालो गर्नुपर्नेमा जोड

मानव बेचबिखन नियन्त्रणका लागि हातेमालो गर्नुपर्नेमा जोड

कपिलवस्तु ।लुम्बिनी प्रदेश सभा सदस्य एवम् वन तथा वातावरण पुर्वमन्त्री अर्जुन केसीले मानव बेचविखन नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनु भएको छ ।

शान्ती पुनर्स्थापना गृह कपिलवस्तुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कानुनको पुर्ण रुपमा पालन भए अपराधीक गतिविधि निर्मुल हुने बताउनु भयो ।

पुर्वमन्त्री केसीले पिआरसीले गरेको कार्य जस्तै अन्य संघसंस्थाले सामाजिक क्रियाकलाप बढाए गलत क्रियाकलाप हटने र अभिभावकले आआफ्नो सन्तानलाई सहि बाटोमा डोर्‍याउन सके समाज सुधिर्ने बताउनु भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

शान्ती पुनर्स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले चेलीबेटी बेचबिखान कार्य विकराल रूपमा बढ्दै गएको बताउनुभयो ।

अध्यक्ष सापकोटाले नेपाली चेलीबेटीहरू विदेशमा राम्रो अवसरको प्रलोभनमा परी बेचीने गरेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिको सभापति बाबुराम आचार्यले कपिलवस्तुका सबै स्थानीय तहहरूले चेलीबेटी बेचबिखन विरुद्ध अभियान चलाउनुपर्ने धारणा राख्नुभयो ।

ADVERTISEMENT

समाजमा अशिक्षा, चेतनाको कमीले गर्दा यस्ता अपराधिक क्रियाकलाप बढ्दै गएकोले सबैले मिलेर सामना गर्नुपर्ने आचार्यले बताउनुभयो ।

समाजिक परीक्षण कार्यक्रममा बोल्दै कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उपप्रमुख आरतीदेवी चौधरीले मानव बेचबिक छन् विरुद्ध पालिका लागेको बताउनुभयो । पालिकाले चेलीबेटी विरुद्ध समयसमयमा विभिन्न अभियान चलाउँदै आएको जानकारी दिनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सशक्त रुपमा लैजानुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो हाम्रो समाजमा अझै पनि विभिन्न बहानामा हाम्रा चेलीहरू बेचिएका छन् । यस विरुद्ध सुन्ने सहनशीलता कायम गर्नुपर्छ ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले विभिन्न बहानामा विदेशमा बेचिएका चेलीबेटीलाई सहज रुपमा उद्धार गरेकोले शान्ति पुनःस्थापना गृहलाई धन्यवाद व्यक्त गर्नुभयो । पोखरेलले भन्नुभयो युवाहरु नेपालमै उद्यमशील गरेर नेपालमै रोजगार बन्न सकिन्छ यसका लागि सरकार गम्भीर बन्नुपर्छ ।

गैरसरकारी संस्था महासङ्घको प्रदेश उपाध्यक्ष सुशिला बेलबासेले संघसंस्थाले समाजिक क्रियाकलाप गर्दै चेलीबेटी बेचबिखन विरुद्ध सशक्त अभियान चलाएको छ यसमा यस अभियानमा सबैले हातेमालो गर्न जरुरी देखिन्छ ।

कपिलवस्तुको कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रमुख सुरज क्षेत्रीले सिमा नाकामा कडाई गरेको जानकारी दिनुभयो । उहाँले सिमा नाकामा हुने अपराधिक गतिविधिलाई निर्मूल पार्दै गइरहेको बताउनुभयो ।

समाजिक परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह कृष्णनगरका कार्यक्रम सुपरभाइजर डिल्लीराज तिमिल्सिनाले आर्थिक वर्ष २०८०। ८१ मा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कपिलवस्तुले ३ सय ४६ जनालाई उद्धार गरेको बताउनुभयो ।

कार्यक्रम सुपरभाइजर तिमिल्सिनाले यस आर्थिक वर्षमा आर्थिक वर्ष २०८०८१ मा कुल ९ हजार ८ सय २२ जनालाई सूचना तथा परामर्श दिएको बताउनुभयो ।

कपिलवस्तुको कृष्णनगरमा सम्पन्न भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह्का पदाधिकारीहरू, कपिलवस्तुका जनप्रतिनिधिहरू, नेपाल, भारतका पत्रकारहरु, विभिन्न संघसंस्थामा आबद्ध भएका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.