Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जलवायु परिवर्तनले निम्त्याएको बेमौसमी विपत्ति: नेपालीले गल्ती नगर्दा भोग्नुपरेको क्षति – मन्त्री आरजु राणा देउवा

जलवायु परिवर्तनले निम्त्याएको बेमौसमी विपत्ति: नेपालीले गल्ती नगर्दा भोग्नुपरेको क्षति – मन्त्री आरजु राणा देउवा

काभ्रेपलाञ्चोक, । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताउनुभएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालद्वारा आज यहाँ आयोजित ब्लाङ्केट वितरणमा उहाँले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण नेपालमा बर्षायाम सकिएपछि गएको असोजमा बेमौसमी बाढीपहिरो आयो, यो विपत्ति ल्याउन नेपालले कुनै बातावरणीय प्रभावका काम गरेको छैन, गल्ती नगर्दा पनि अन्य देशका कारण भएको जलवायु परिवर्तनको असरले निम्त्याएको विपत्तिले जनधनको क्षति ब्यहोर्नुप¥यो ।” नेपालको कारण जलवायु परिवर्तन नभएको तर, अन्य देशका कारण नेपालले पनि क्षति ब्यहोर्नुपरेकाले आफुले अन्तराष्ट्रिय फोरममा यसबारे विषय उठान गर्दै आएको उहाँले व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

मन्त्री राणाले नेपालमा भएको विपत्तिको क्षति कस्ले तिर्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “गर्दै नगरेको गल्तीको सजाय नेपालीले भोग्नुपर्ने, यसको क्षतिपूर्ति कस्ले तिर्छ ?” उहाँले जलवायु परिवर्तनका कारण पानी स्रोत सुक्दै जाने भएकाले अबका पुस्ता–सन्तनीलाई निकै गाह्रो हुने बताउनुभयो । “म मेरो सन्तानलाई जन्म दिने बेलामा जुन प्रसव पीडाबाट गुज्रिए, मर्छु कि बाँच्छु भन्ने अवस्थामा पुगेको थिए”, उहाँले थप्नुभयो “म र मेरो सन्तान त बाच्यो तर, यस्तै पीडा सहन बाध्य हुने महिला बाँच्न सक्लान् कि नसक्लान् भनेर यो अभियानमा जोडिएको थिएँ ।”

ADVERTISEMENT
ADVERTISEMENT

मन्त्री राणाले सो अवसरमा जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका तथा रोशी, बेथानचोक, भुम्लु र तेमाल गाउँपालिकामा एक हजार ९० ब्लाङ्केट सम्बन्धित तहका जनप्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो । ती स्थानीय तहमा रहेका गर्भवती तथा सुत्केरी महिलाको सङ्ख्याका आधारमा ब्लाङ्केट बितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले लैङ्गिक हिसाबले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व निकै कमजोर भएकाले उद्यमशीलतासँग जोडेर क्षमता अभिबृद्धि गर्दै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेस काभ्रेको सभापति तीर्थ लामाले मन्त्री राणासमक्ष जिल्लामा विपद्बाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै बाढीपहिराले क्षतिग्रस्त प्रदेश राजधानी जोड्ने तथा पूर्वको छोटो दूरीका रुपमा सञ्चालनमा रहेको विपी राजमार्ग पुनर्निर्माणमा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष सुनिल श्रेष्ठले सन् १९८६ मा २६ महिला समूहले ‘सफा सुत्केरी’ अभियान सञ्चालन गरी सुरुआत गरिएको संस्थाले सन् २००५ देखि महासंघको रुपमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार सञ्जालले सुरक्षित मातृत्वका लागि नीतिगत वकालत, पैरवी र बर्थिङ सेन्टर स्थापनालगायतको काम गर्दै आएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.