तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिस परियारसहित चार जना विद्यार्थीलाई तातो पन्यूले डामेको घटना बाहिर आएको छ।
विद्यार्थीहरूले कक्षा कोठामा होहल्ला गरेको र आफूलाई ‘काली’ भनेको भन्दै श्रेष्ठले उनीहरूको गालामा तातो पन्यू थमाएकी थिइन्, जसले गर्दा घाइते विद्यार्थीहरूको अनुहारमा पन्यूको दाग बसेको छ।
घटनापछि शिक्षिका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानका क्रममा उनले आफ्नो गल्ती स्वीकार गरिसकेकी छन्।
हाल घाइते विद्यार्थीहरूको उपचार भइरहेको छ भने शिक्षिका श्रेष्ठविरुद्ध कानुनी कारबाही अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।















