लेबनानमा संयुक्त राष्ट्रसंघ (यूएन) को काफिलेमाथि भएको आक्रमणमा दुई नेपाली शान्ति सैनिक घाइते भएका छन्। आक्रमणपछि लेबनानी अधिकारीहरूले २५ भन्दा बढी व्यक्तिलाई पक्राउ गरेका छन्।
घाइतेमध्ये एक जना चोकबहादुर ढकाल रहेको पुष्टि भएको छ भने अर्का घाइते सैनिक अस्पतालमा उपचाररत छन्। नेपाली सेनाले मात्र ढकाल घाइते भएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघ र लेबनानी प्रधानमन्त्री नवाफ सलामले घटनाको कडा निन्दा गरेका छन्।















