प्रदिप सिंह
सिराहा, फागुन १४ – सिराहाको लहान नगरपालिका-२० स्थित ब्रह्माहान मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा भव्य मेला आयोजना गरिएको छ। हरेक वर्षझैँ यस वर्ष पनि मन्दिर परिसरमा हजारौँ श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
शिवरात्रि पर्व हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको आराधना गर्दै उपवास, पूजा, र जाग्राम बसेर मनाउने परम्परा रहिआएको छ। सिराहाको लहान नगरपालिका-३, रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता मावि स्थित रहेको शिवमन्दिरमा पनि विशेष पूजा तथा अनुष्ठानहरू आयोजना गरिएको छ।
ब्रह्माहान मन्दिरमा लाग्ने मेलाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ। जनविश्वासअनुसार, यहाँ भण्टाभार कोब्ला गरेमा मुखका रोग निको हुने र मुसाकोटी पहिलाको रोग मात्र राख्ने मान्यता छ।
यस धार्मिक मेलाले स्थानीय तथा बाह्य भक्तजनहरूलाई आकर्षित गर्दै लहान क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिइरहेको छ।















