मुकेश जबदैता
कचनारी– इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ले ग्लोबल मनी वीक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
अनुगमन अधिकृत रामप्रसाद चौधरी को विशेष उपस्थितिमा तथा शाखा प्रमुख सुभाषचन्द्र यादव, लेखापाल मुकेशकुमार यादव लगायत सम्पूर्ण कर्मचारीहरूको सहकार्यमा कार्यक्रम बरियारपट्टी गाउँपालिका-३, शिवनगर टोलस्थित दुर्गा मन्दिर परिसरमा सम्पन्न भएको हो।
कार्यक्रममा केन्द्र नं. ५२, ५३, ४३, ८१ का सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। बचत, लगानी, वित्तीय अनुशासन र डिजिटल बैंकिङ सम्बन्धी जानकारी प्रदान गरिँदा स्थानीय समुदायले उत्साहपूर्वक सहभागिता जनाएका थिए। सहभागीहरूले संस्थाको प्रयासप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्।
इन्फिनिटी लघुवित्त ले वित्तीय साक्षरताको अभियानलाई आगामी दिनमा पनि प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।















