Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गण्डकी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

गण्डकी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

गण्डकी, ११ चैत । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनेसम्बन्धी र दलित अधिकार तथा शसक्तीकरण सम्बन्धमा बनेको विधयेकमाथि सैद्धान्तिक छलफल भएको छ ।

छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यले विधेयकमाथि सुझाव प्रस्तुत गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्राप्त सुझावलाई समेटेर विधेयक पारित गरिने बताउनुभयो । “सैद्धान्तिक छलफलपछि विधेयक विषयगत समितिमा पठाइने छ, जसका लागि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सकिने छ । समितिमा पुगेपछि विज्ञहरूसँग विस्तृत छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नेपालको संविधानको धारा ७ को उपधारा २ अनुसार प्रदेशले बहुसङ्ख्यक नागरिकले बोल्ने अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम सरकारी कामकाजको भाषा बनाउन सक्ने प्रावधान रहेको र यसैअनुसार प्रदेशमा मगर (१८ दशमलव ७९प्रतिशत) र गुरुङ (११दशमलव३१ प्रतिशत) भाषी जनसङ्ख्या रहेका कारण भाषा आयोगको सिफारिसअनुसार यी दुई भाषालाई अगाडि बढाइएको मन्त्री थापाले बताउनुभयो । विधेयकमा नेपाली भाषाका अतिरिक्त अन्य भाषा प्रयोग गरेमा भेदभाव नगर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । “प्रदेशभित्रका अन्य मातृभाषालाई स्थानीय तहसँग सहकार्य गर्दै प्रवर्द्धन गर्न सकिने व्यवस्था पनि विधेयकमा समेटिएको छ”, मन्त्री थापाको भनाइ थियो ।

स्याङजा, तनहुँ, बागलुङ, लमजुङ, कास्कीलगायत जिल्लामा सरोकार भएका पक्षसँगको छलफलपछि विधेयक प्रदेशसभामा पेस गरिएको जनाइएको छ । उक्त विधेयकमाथि सघन रूपमा सैद्धान्तिक छलफल भएको प्रदेशसभा सदस्य कुसुम बुढाले बताउनुभयो । विषयगत समितिमा सरोकार भएका पक्ष तथा विज्ञहरूसँग दफावार छलफल गरी विधेयक पारित गरिने उहाँको भनाइ छ ।

प्रदेशसभाको मङ्गलबारको बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.