Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उमा विकको आरोप: “बलिराम साह भारतीय नागरिक, प्रमाण हुँदाहुँदै पनि कारबाही छैन”

उमा विकको आरोप: “बलिराम साह भारतीय नागरिक, प्रमाण हुँदाहुँदै पनि कारबाही छैन”

लहान–लक्ष्मीपुर पतारी गाउँपालिका–४ की उमा विकले दोहोरो नागरिकताको विषय उठाउँदा निरन्तर हिंसा सहनुपरेको गुनासो सार्वजनिक गरेकी छन्। विकका अनुसार सोही वडाका बलिराम साहले उनलाई पटक–पटक अश्लील गालीगलौज, धम्की तथा ज्यान मार्ने चेतावनी दिइरहेका छन्।

विकले पत्रकार सम्मेलन गर्दै आफूले बलिराम साहको दोहोरो नागरिकता सम्बन्धी प्रमाणहरू सम्बन्धित निकायमा बुझाए पनि हालसम्म कुनै कारबाही नभएको बताइन्। “बलिराम साह भारतीय नागरिक हुन् भन्ने पर्याप्त प्रमाण छन्,” विकले भनिन्, “तर प्रशासन मौन छ। उल्टै मलाई नै धम्की आइरहेको छ।”

गृह मन्त्रालयले २०८१ साउन २५ गते सिराहा जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्राचार गरिसकेको छ। सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, सिराहाले जिल्ला प्रहरी कार्यालयलाई २०८१ साउन २८ गते कारबाही अघि बढाउन पत्राचार गरे पनि हालसम्म कुनै ठोस कदम नचालिएको विकको आरोप छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

“मैले प्रमाण देखाउँदा पनि कारबाही किन हुँदैन?” विकले प्रश्न गरिन्। “प्रशासन मौन बसेपछि अन्याय सहेर बस्ने कि थप हिंसाको शिकार हुने?”

बलिराम साह हाल लक्ष्मीपुर पतारी–६, सितापुरमा बस्दै आएका छन्। उनीविरुद्ध कारबाहीको माग गर्दै विकले आफू र आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न राज्यसँग आग्रह गरेकी छन्। “मैले एक महिला भएर अन्यायविरुद्ध आवाज उठाएँ, तर उल्टै हिंसाको शिकार भएँ,” उनले भनिन्, “अब मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिन्छ?”

प्रशासनले दोहोरो नागरिकताको मुद्दालाई गम्भीरतापूर्वक लिएर कारबाही अगाडि नबढाए अन्य धेरै नागरिकता दुरुपयोगका घटनामा पनि मौनता छाउने विकको तर्क छ। “यस्तो मुद्दामा कानुनी कठोरता देखिएन भने दोहोरो नागरिकता लिने प्रवृत्तिले झनै प्रश्रय पाउनेछ,” उनले भनिन्।

अब प्रशासनले यसबारे कस्तो कदम चाल्छ? कानुन कार्यान्वयन गर्ने निकायले एक महिलामाथि भइरहेको हिंसालाई रोक्न कति तत्परता देखाउँछ? यो विषयमा आम नागरिकले पनि चासो राख्नु आवश्यक देखिन्छ।

यो विषयमा बलिराम साहसँग बुझ्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.