Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विद्यालयमा विभेदपूर्ण सम्मान?

विद्यालयमा विभेदपूर्ण सम्मान?

महेश सिंह लहान–रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयको ५० औं स्वर्ण जयन्ती कार्यक्रममा जग्गा दाताहरूमाथि विभेद भएको गुनासो उठेको छ। विद्यालयलाई चार कठ्ठा जग्गा दान गरेका स्व. रामदेव महतोका नाति विजय कुमार महतोले आफूलाई मञ्चमा अन्य अतिथिहरूसँग समान सम्मान नदिइएको आरोप लगाएका छन्।

विजयलाई विशिष्ट अतिथिको रूपमा निमन्त्रणा दिइए पनि कार्यक्रममा मञ्चमा आसन नदिइएको उनको गुनासो छ। “कार्यक्रममा उपस्थित त भएँ, तर अन्य विशिष्ट अतिथिसरह सम्मान पाइएन,” उनले भने, “पछि सामान्य अतिथिका रूपमा बस्न भनियो।”
उनका अनुसार स्व. रामदेव महतोले विद्यालयलाई दान दिएको जग्गाको हालको बजार मूल्य २.५ देखि ३ करोडसम्म छ। “हामीले सालिक बनाउने प्रस्ताव राख्यौँ, तर विद्यालयले चासो देखाएन,” उनले भने, “उही समयमा अर्का दाताको सालिक भने बनाइँदै छ।”
विद्यालय प्रशासनले भने सबै निर्णय संस्थागत प्रक्रिया अनुसार हुने दाबी गरेको छ। व्यवस्थापन समिति अध्यक्ष महेश्वर कुशवाहाले कार्यक्रम र स्मारिका तयारीमा कसैसँग विभेद नगरेको दाबी गरे। “सबै निर्णय समिति बैठकबाटै भएको हो,” उनले भने, “सालिक निर्माणको प्रस्तावसमेत समिति समक्ष आएको छैन।”
तर, विजय महतोको भनाइमा विद्यालयले विगतदेखि नै लक्ष्मण–ललिता कुशवाहा परिवारलाई प्राथमिकता दिँदै आएको र अन्य दाताको योगदान ओझेलमा पार्ने काम गर्दै आएको छ।
स्मारिकाको शिलालेखमा समेत ‘विद्यालय परिवार’ लेखिनुको सट्टा विशिष्ट व्यक्तिका नाम मात्र उल्लेख गरिएको भन्दै अन्य दाताहरूले आपत्ति जनाएका छन्। उनीहरूको माग छ– “विद्यालय सबै दाताको योगदानलाई समानरूपमा प्रस्तुत गरोस्।”
यसअघि पनि विद्यालयको नामाकरणका विषयमा विवाद उठेको थियो। त्यसबेला आन्दोलनमा संलग्न भएको आरोपमा महतो परिवारका सदस्य पक्राउ समेत परेका थिए।
विद्यालय प्रशासनले भने सबै कुरा सामूहिक निर्णय अनुसार भएको दोहोर्याउँदै आएको छ। तर, यस्ता विवाद दोहोरिनु विद्यालयको छवि र सामुदायिक सम्बन्धमा असर पार्न सक्ने विज्ञहरू बताउँछन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.