राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई कार्यालय समय सुरु भएपछि अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएपछि उनलाई पक्राउ गरिएको हो।
यसअघि जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। शनिबार र आइतबार बिदा परेकाले बाँकी प्रक्रिया सोमबारदेखि अघि बढाइएको हो।















