Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तीन महिनामा १२ करोडको अवैध सामान नियन्त्रणमा; एसपी मिश्रको नेतृत्वमा अपराधमाथि कडा प्रहार


तीन महिनामा १२ करोडको अवैध सामान नियन्त्रणमा; एसपी मिश्रको नेतृत्वमा अपराधमाथि कडा प्रहार

वीरगन्ज २२बैशाख । पर्सा प्रहरीले ३ महिनामा करिव १२ करोड भन्दा बढीको अवैध भन्सार छलेर भित्र्याउदै गरेको गाडी सहित ठूलो मात्रमा प्रतिबन्धित लागु औषध सहित कारोबारीहरुलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले तीन महिनाको अवधिमा १२ करोडभन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगंज भन्सार कार्यालयमा बुझाएका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साको टोली र क्राईम ब्रान्च शाखाका प्रहरी सक्रियतामा उक्त सामानहरु नियन्त्रणमा लिन सफल भएको हो ।

ADVERTISEMENT

पर्सा प्रहरीको टोली र क्राईम ब्रान्च शाखाको टोलीको सक्रियतामा सिमानाकामा हुने तस्करी र लागु औषध ओसारपसारमा कडाई गरेपछि धमाधम लागु औषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न सफल भएकाछन्।पर्सा जिल्लाको कमाण्ड सम्हालेका प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा सादा पोसाकमा रहेका अपराध शाखाले २०८१ साल माघ १४ गतेदेखि वैशाख १७ गतेसम्म १२ करोड २३ लाख ५० हजार २ सय ५४ रुपैयाँ बराबरको अवैध सामानहरु सहित ५० वटा सवारीसाधन वीरगन्जको आईसिपी भन्सारबाट निस्केको गाडी नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जनाएका छन् ।पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगन्जबाट भन्सार जाँचपास भई निसकेको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाई छिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद गरेको पर्सा प्रहरी प्रमुख मिश्रले बताए ।त्यसै गरी प्रहरीले अवैध रुपमा भन्सार छलेर भारतबाट रातीको समयमा पर्सा जिल्लाको चोर बाटो हुँदै तस्करहरुले नेपाल भित्र्याउदै गरेको बवाईलर कुखुराको चल्लाहरु सहित तस्करीमा सँलगन रहेको मानिस र मोटरसाइकल गरी १० लाख रुपैयाँ मुल्य बराबरको नियन्त्रणमा लिएर चल्ला नष्ट गरेको छ ।त्यसैगरि मिश्रको ३ महिने कार्यकालमा पर्सा प्रहरीले  विभिन्न मुद्दामा ४०२ वटा मुद्दा दर्ता गरेको जनाएको छ भन्ने त्यसमध्ये २०३ वटा मुद्दा फर्छ्यौट र १९९ वटा बाकी रहेको जनाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

पर्सा प्रहरीले तयसै गरी प्रतिबन्धित अवैध लागु औषध गाँजा ५ सय १६ किलो ७५० ग्राम बिभिन्न स्थानबाट मानिस सहित पक्राउ गरेको छ भने चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम ७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र codiwell ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ३१ जना मानिसलाई पक्राउ गरि लागुऔषध कसूरमा २३ वटा मुद्दा दर्ता गरी पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध कारोबारमा मुद्दा चलाएको छ ।त्यस्तै पर्सा प्रहरीले २६ लाख रुपैयाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ५ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागमा पक्राउ परेका मानिस सहित रकम बुझाइएको र पक्राउ परेका ५ जनालाई  जिल्ला प्रहरी कार्यालयबाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिश्रले जनाएका छन् ।पर्सा जिल्लामा विभिन्न मुद्दामा सम्मानित अदालतले सजाय तोकेको र विभिन्न मुद्दामा फरार रहेका ४८९ जनालाई प्रहरीले पक्राउ गरि ३८ बर्ष १ महिना ७ दिन कैद र १ करोड १२ लाख ८० हजार ३०३ रुपैयाँ जरिवानासहित रकम असुल गर्न पर्सा प्रहरी सफल भएको छ ।त्यसै गरी पर्सा प्रहरीले यौनजन्य क्रियाकलाप पक्राउ परेका मानिसहरु माथी मानव बेचबिखनमा मुद्दा चलाई संलग्न रहेको  ५ जनालाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठाइएको जनाएको छ ।तसकरहरुले पर्सा जिल्लाको विभिन्न ठाउँहरूबाट वन जंगल फडानी गरि ल्याएको अवैध काठ २२ कयु फिट बरामद गरेको छ ।त्यस्तै पर्सा जिल्लाको ग्रामीण भेगमा लागु औषध कारोबारीहरुले खेतमा लगाएका २८ कठ्ठा गाँजाको बोट करिब १३ हजार ४ सय बोट नष्ट गरेको छ भन्ने अफिमको ५०० बोट नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।पर्साको ग्रामीण भेगमा रहेको  घरेलु मदिरा बनाउने भठ्ठी करिब १४ वटा नष्ट गरि तयारी मदिरा ६०० लिटर र कच्चापदार्थ ९ हजार ६५० लिटर नष्ट  गरेको प्रहरीले जनाएको छ ।त्यस्तै ३ महिनामा उजुरी शाखामा ५६७ निवेदन परेकोमा ३५१ उजुरी फर्छयौट गरेको पर्सा प्रहरीले जनाएको छ ।त्यसै गरी घरेलु हिंसाको तथा जनचेतना मुलक कार्यक्रम १ हजार ४५० वटा गरेको छ भन्ने ७४ हजार ९५६ जना लाभान्वित रहेको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ ।पर्सा प्रहरीले तीन महिनाको अवधिमा तसकरहरुले अवैध गिट्टी बालुवा उत्खनन गरी भारत तर्फ लाने गरेको अवस्थामा १० वटा ट्याक्टर पक्राउ गरि कारबाहीको लागि जिल्ला समन्वय समिति पर्सामा बुझाएको जनाएको छ ।पर्साका प्रहरी प्रमुख मिश्रले पर्सामा कार्यभार सम्हालेको दिनदेखि अपराध अनुसन्धान शाखाको सँयुक्त टोली सक्रियतामा तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।त्यसैगरि एसपी मिश्रले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी पर्सा जिल्लाको विभिन्न नाकामा रहेका प्रहरी चौकी र ईलाका प्रहरी प्रमुखहरुलाई तसकरी नियन्त्रणमा कडाई गर्न निर्देशन दिदै चोरी डकैती शान्ति सुरक्षाको राम्रो काम गर्न लागु औषध ओसार पसार कार्य नियन्त्रण गर्न कडा निर्देशन दिएका छन।जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक मिश्रले  प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही गरिने ठाडो निर्देशन समेत दिएको बताए ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.