Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

यौन दुर्ब्यवहारपछि आत्महत्या गरेकी दलित युवतीको मुद्दामा प्रहरीको बेवास्ता, आरोपित अझै फरार

लहान २५ बैशाख । सिरहाको नवराजपुर गाउँपालिका–३, दानबारीकी २४ वर्षीया दलित युवती आनन्दीदेवी सदायले २ वैशाखमा आत्महत्या गरेकी हुन्। ९ पुसमा यौन दुर्ब्यवहारमा परेकी उनले चार महिनासम्म न्याय नपाएपछि जीवन समाप्त गरेकी हुन्। उनको घटनामा प्रहरीको भूमिका उदासिन देखिएको छ, जबकि दोषीहरू अझै फरार छन्।

आनन्दी बरियारपट्टी गाउँपालिका–१, नर्गीमा दिदीलाई भेट्न जाँदै गर्दा स्थानीय श्यामसुन्दर यादव (३२) र सञ्जीवकुमार यादव (२२) ले यौन प्रस्ताव राखी बलात्कार प्रयास गरेका थिए। प्रतिवाद गरी उनी घर फर्केपछि सोही दिन इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ‘जबरजस्ती करणी उद्योग’ अन्तर्गत जाहेरी दिइएको थियो। तर, प्रहरीले जाहेरी दर्ता नगरी आर्थिक लेनदेनमार्फत मिलाउन दबाब दिएको र पछि जाहेरी रद्द गरेर पीडित परिवारको अपमान गरेको आनन्दीकी आमा बिल्टौनले बताइन्।

ADVERTISEMENT

४ माघमा भरपाई दिइए पनि भोलिपल्ट प्रहरी हबलदारले गालीगलौज गर्दै भरपाई च्यातेका थिए। अन्ततः मिडियामा जाने चेतावनीपछि मात्रै २५ फागुनमा जाहेरी दर्ता भयो र २६ फागुनमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरियो। तर, प्रहरीले दोषीहरूलाई अझै पक्राउ गरेको छैन।

ADVERTISEMENT
ADVERTISEMENT

इलाका प्रहरी इन्स्पेक्टर रविनराज मैनालीका अनुसार जाहेरी मुद्दा फाँटका प्रहरीले थाहा नपाई दर्ता गरेकाले जिल्ला प्रहरीको आदेशमा बदर गरिएको थियो। जिल्ला प्रहरी कार्यालयले प्रहरीमाथि घुस लिएको आशंकामा छानबिन समिति गठन गरेको छ।

डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार आरोपित दुवै जना फरार छन् र खोजी कार्य जारी छ।

आनन्दीको मृत्युमा समाज, प्रहरी र उनका पति उमेश सदायको भूमिकामाथि समेत गम्भीर प्रश्न उठेका छन्। गाउँले, प्रहरी र पतिको व्यवहारले निराश बनेकी आनन्दीले आत्महत्या गर्नु परेको हो। उनका एक दुई वर्षीया छोरी पनि छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.