लहान ।सिरहाको मिर्चैया नगरपालिका–७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महराको टिपर दुर्घटनामा परी ज्यान गएको छ।
आज बिहान करिब ५:४५ बजे उदयपुरबाट मिर्चैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिकै अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक महराको घटनास्थलमै मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार टिपर अनियन्त्रित भई पल्टिएको हो भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सुरुमा मृतक बाहिरी चालक भएको भनिए पनि उनी मिर्चैयाकै स्थानीय भएको पुष्टि भएको छ।















