काठमाडौं, ३१ वैशाख – काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरी जवानमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी प्रशासनले आन्तरिक छानबिन सुरु गरेको छ।
भिडिओमा इन्स्पेक्टरले जवानलाई गालामा चड्कन हानेको देखिन्छ। घटनाको मिति यकिन भइसकेको छैन। तर कुटपिटमा संलग्न दुवै प्रहरी हाल पनि नागढुंगामै कार्यरत रहेको जनाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका एसएसपी विनोद घिमिरेले सम्बन्धित इन्स्पेक्टरलाई बोलाएर सोधपुछ भइरहेको जानकारी दिए। उनले भने, “गल्ती भए कारबाहीको प्रक्रिया छुट्टै छ, तर सडकमै हात हाल्नु अनुचित हो।”















