काठमाडौं ३१ बैशाख ।काठमाडौंको नागढुंगामा प्रहरी कर्मचारीहरूबीचको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो पछि दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको छ।
३१ वैशाख, काठमाडौं । काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ ।
ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडियो बुधबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडियो सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो ।
लगत्तै उनीहरूलाई जिम्मेवारीबाट हटाएर अहिले छानबिनको प्रक्रिया अघि बढाइएको खनालले जानकारी दिए ।
उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।















