Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बलात्कार प्रयासपछि त्रसित किशोरीको रहस्यमय मृत्यु : सप्तरीमा अनुसन्धान अझै अन्योलमा

बलात्कार प्रयासपछि त्रसित किशोरीको रहस्यमय मृत्यु : सप्तरीमा अनुसन्धान अझै अन्योलमा

सप्तरी २ जेष्ठ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ की १८ वर्षीय दलित किशोरी पूजाश्री राम (नाम परिवर्तन) को मृत्यु प्रकरण एक महिनासम्म पनि सुल्झिएको छैन।
गत २ वैशाखको विहान घरदेखि करिव ५ सय मिटर टाढा कुसुमलाल साहको पोखरीको डिलमा किशोरीको शव पातपतिङ्गर (झ्यास) ले छोपेको अवस्थामा फेला परेको थियो। घट्ना शंकास्पद देखिएपछि प्रहरीले हत्या भएको कोणबाट अनुसन्धान गरिरहेको छ।
घट्नास्थलको प्रकृतिका आधारमा प्रहरीले पहिलो नजरमै हत्याको आशंका गरेको थियो। शवलाई घाँसपातलगायतका झ्यासले छोपेर राख्नु नै हत्या भएको आशंका गर्नु पर्ने पहिलो कारण भएको अनुशन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन्।
यसैगरी, पुजाको एउटा चप्पल घरको गेटमा र अर्काे चप्पल सय मिटरको दुरीमा फेला परेको छ। जसकारण कसैले घरबाटै अपहरण गरी पोखरीको डिलमा पुर्‍याएर हत्या गरेको आशंका परिवारका सदस्य र स्थानीयले गरेका छन्।
घट्नाको अनुशन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरले केनाई शाखा लालगढबाट डगस्क्वाड (तालिम प्राप्त कुकुर) समेत ल्याईएको थियो। त्यसै क्रममा प्रहरीले केही ब्यक्तिलाई नियन्त्रणमा लिएर केरकार पनि गरेको थियो। ती मध्येमा पनि शंकास्पद लागेका ८ जनाको पोलिग्राफ परीक्षण पनि गराएको प्रहरीले जनाएको छ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार पोलिग्राफ गरिएका मध्ये कतिपय परिवारकै सदस्य समेत छन्। तर, मृत्युको कारण र घटनामा संलग्नता बारे हालसम्म नखुलेको उनी बताउँछन्। साढे तीन वर्षअघि यौन हिंसामा परेकी ती किशोरी डरले विद्यालय समेत जान छाडेकी थिइन।
१४ मंसिर ०७८ मा उनीमाथि स्थानीय जागेश्वर ठाकुरले बलात्कारको प्रयास गरेका थिए। परिवारका सदस्यले दिएको जानकारी अनुसार ठाकुरले घरनजिकैको बाँसघारीमा कपडाले मुख थुनेर बलात्कार गर्न खोजेका थिए। तर, किशोरीले हल्ला गरेपछि उनी भागेका थिए।
प्रहरीले २० मंसिर ०७८ मा उनलाई पक्राउ गरेर २३ मंसिरमा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो। उनी १७ दिन हिरासतमा बसे। सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि थुनछेकका लागि अदालत समक्ष पेस गर्दा नाबालक भएको भन्दै अदालतले उनलाई परिवारको जिम्मा लगाउने आदेश दिएको थियो।
त्यसो मुद्दाको २ चैत ०७९ मा फैसला आयो। तत्कालीन न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो। नाबालक ठहर भएका मण्डल बाल सुधारगृह पठाउने आदेश भएपछि फरार भएका थिए।
उनी चितवन वस्दै आएको खुलेको छ। पुजाश्री शंकास्पद मृत्यु हुँदा उनी गाउँबाटै पक्राउ परे। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती युवक एक साता अघि मात्र गाउँ फर्किएका थिए। आफन्तले पुजाश्रीको हत्यामा जागेश्वरकै संलग्नताको आशंका गरेका छन्।
आफन्तले दिएको अनुसार पूजाश्रीका पिता वैदेशिक रोजगारीका लागि गएका छन्। १ गते राति आमा वतीदेवी अष्टयाममा सहभागी हुन घर बाहिर गएकी थिइन। घरमा भाइ १२ वर्षीय जितविश्व (नाम परिवर्तन) सँगै सुतेकी पूजाश्री एक्कासि हराएको खवर आएको थियो।
खोजतलासका क्रममा पूजाश्रीको शव फेला पर्यो। घरवाटै राति बेपत्ता भएकी छोरीको शव बिहान भेटिएपछि आमा वतीदेवीले इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएकी छिन।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.