Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लागूऔषध र अवैध रकमसहित सिरहाबाट पाँच जना पक्राउ

लागूऔषध र अवैध रकमसहित सिरहाबाट पाँच जना पक्राउ

लहान, जेष्ठ ४ गते – सिरहामा लागूऔषध कारोबार र अवैध रकम ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा २०८२ साल जेठ २ गते साँझ ६ः३० बजे लहान नगरपालिका–१२ स्थित भोटिया चौकबाट को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार लहान–२२ का ३२ वर्षीय दिनेश कुमार यादव र उनकी २६ वर्षीया बहिनी किरण कुमारी यादवलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ। उनीहरूका साथबाट २२.९० ग्राम खैरो हिरोइन, नगद ५१ हजार ४५० रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको हो।

अनुसन्धानका क्रममा दिनेश यादवको घरबाट थप १८६ ग्राम खैरो हिरोइन, ५४ लाख १४ हजार २८५ रुपैयाँ नेपाली, ३५ हजार ७८० रुपैयाँ भारतीय नगद, चार थान मोबाइल र एक थान डिजिटल तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। यादव यसअघि पनि २०८० सालमा लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परिसकेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरी, २०८२ जेठ ३ गते बरियारपट्टि गाउँपालिका–३ चमार टोलबाट भारतको लदनिया हुँदै आएका २० वर्षीय कृष्ण कुमार यादव र १९ वर्षीय निरज रायलाई मोटरसाइकलसहित पक्राउ गरिएको थियो। उनीहरूको साथबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

उक्त दिन दिउँसो ३ बजे सिरहा नगरपालिका–२ महावीर चौक नजिकै भारतको जयनगरबाट बसबिट्टा जाँदै गरेका ४५ वर्षीय संजय कारकलाई चेकजाँच गर्दा शरीरमा बाँधिएको हरियो कपडा र ‘क्नी ब्यान्डेज’ भित्र लुकाइएको १६ लाख ३८ हजार ३७० रुपैयाँ नगदसहित एक थान मोबाइल र मोटरसाइकल बरामद गरिएको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.