Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान नगरपालिकाले सार्वजनिक गर्‍यो विगत तीन वर्षका उपलब्धि

लहान २४ जेठ । लहान नगरपालिकाले विगत तीन वर्षमा सम्पन्न गरेका विभिन्न विकास, सामाजिक र सेवा सम्बन्धी कामका विस्तृत विवरण मेयर महेश चौधरीको उपस्थितिमा आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

नगरपालिकाले नागरिक सेवामा सहजता ल्याउँदै जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता र नागरिकता सिफारिस दस्तुर मिनाहा गरेको छ। मुसहर समुदायलाई आर्थिक रूपमा रु ५ हजार नगद प्रदान गरिएको छ भने गर्भवती महिलालाई पोषण प्याकेजको रूपमा खाद्यान्न वितरण गर्दै आएको जनाएको छ। हालसम्म चार हजार बढी महिलाले यो सुविधा पाइसकेका छन्।

ADVERTISEMENT

स्वास्थ्य क्षेत्रमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरी एक हजार भन्दा बढीले सेवा लिएका छन् भने अपाङ्ग र वृद्धवृद्धालाई निःशुल्क बस सेवा समेत प्रदान गरिएको छ। गरिब तथा विपन्न परिवारलाई दाहसंस्कारका लागि चार क्विन्टल दाउरा उपलब्ध गराइएको छ। खानेपानीको पहुँच विस्तारका लागि एक हजार दलित र विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

नगरपालिकाले सबै २४ वडालाई समानरूपमा प्रति वडामा ५० लाख रुपैयाँ बजेट विनियोजन गरी तीन वर्षमा करिब ३६ करोड रुपैयाँ लगानी गरेको छ।

शिक्षा क्षेत्रमा पनि ठूला सुधार भएका छन्। १२५ जना स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको छ। ५९ वटा विद्यालयमा कम्प्युटर उपलब्ध गराइएको छ। १५ वटा विद्यालयमा चार कोठे र ४ वटा विद्यालयमा दुई कोठे भवन निर्माण गरिएका छन्। बालमैत्री शौचालय, विज्ञान प्रयोगशाला, पुस्तकालय सञ्चालन र अंग्रेजी माध्यममा कक्षा सञ्चालनका लागि आवश्यक सामग्री वितरणसमेत गरिएको छ।

स्वास्थ्य सेवा सशक्त बनाउन २४ वडाका गर्भवती र सुत्केरी महिलालाई पोषण प्याकेज वितरण भैरहेको छ। ब्लडप्रेसर र सुगर परीक्षण नियमित रूपमा गरिन्छ। आँखा शिविर सञ्चालन गरी दुई हजार बढीलाई मोतिविन्दुको शल्यक्रिया र नौ हजारभन्दा बढीलाई औषधि वितरण गरिएको छ।

कृषि क्षेत्रमा कृषकलाई विद्युत महसुल, उत्पादन प्रवर्द्धन र उपकरण वितरण गरी कृषिमा वृद्धि गराउने प्रयास जारी छ। बोरिङ, ट्यूवेल जडान, विउ वितरण र फलफूल वृक्षारोपणसमेत गरिएको छ।

भौतिक पूर्वाधार विकासका रूपमा मुसहर समुदायका १३४ परिवारलाई दुई कोठे घर हस्तान्तरण, ११ वटा वडा कार्यालय भवन र तीन स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। सपिङ्ग मल, मन्दिर, सडक कालोपत्रे, नाला, सडक स्तरोन्नति लगायतका विभिन्न ठूला निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ।

धार्मिक, साँस्कृतिक र खेलकुद कार्यक्रमहरू पनि नियमित रूपमा आयोजना गर्दै आएको नगरपालिकाले तीज, जितिया, छठ पर्वमा विशेष कार्यक्रम गरेको छ। मेयर गोल्डकप फुटबल प्रतियोगितासहित युवालाई खेलकुदतर्फ आकर्षित गर्न विविध पहलहरू गरेको छ।

अन्य सामाजिक विकासका कार्यक्रमअन्तर्गत विद्यार्थीलाई विद्यालयमै खाजा उपलब्ध गराउने, वैदेशिक रोजगारबाट फर्केका ४० जनालाई व्यवसायीक पूँजी सहयोग गर्ने, महिला स्वरोजगार तालिम, हिंसा पीडित महिलालाई आर्थिक सहयोग, आगलागी तथा बाढी पीडितलाई राहत वितरण र सौन्दर्यकरण कार्यक्रमहरू सञ्चालन गरिएको छ।

मेयर चौधरीले भने, समावेशी विकास र जनताका सेवामा सहजता ल्याउन निरन्तर प्रयासरत छौं। आगामी दिनमा अझै बढी परिणाममुखी काम गर्ने प्रतिबद्धता लिएका छौं।

यस पत्रकार सम्मेलनमार्फत लहान नगरपालिकाले विगत तीन वर्षमा जनसेवामा देखाएको प्रतिबद्धता र कार्यक्षमता सार्वजनिक गरेको छ, जसले स्थानीय तहमा विकासको नयाँ दायराको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.