Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गायिका एलिना चौहानलाई गालीगलौज गरेको अभियोगमा कवि गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गरेको अभियोगमा कवि गुञ्जन राई पक्राउ

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले राईलाई आज केहीबेरअघि ललितपुरबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार चौहानको उजुरीका आधारमा राईमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

ADVERTISEMENT

चौहानले सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज र चरित्र हत्या गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै चार जना विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी भन्दा अगाडि उनले फेसवुकमै भण्डाफोर अभियान चलाएकी थिईन।

ADVERTISEMENT
ADVERTISEMENT

‘त्यसरी प्रोफाइल सार्वजनिक गर्दा पनि पटकपटक असभ्य व्यवहार गर्नेहरूलाई कारबाहीको घेरामा ल्याउन उजुरी दिन बाध्य भएँ।’ उनले भनेकी छिन्। बाँकी व्यक्तिहरूविरुद्ध पनि उनी उजुरी दर्ता गर्ने तयारीमा छिन्।

केही दिनयता एलिना र अर्की गायिका समीक्षा अधिकारीले आलोचक र गाली गर्नेहरूको नाम सार्वजनिक गर्ने अभियान चलाएका थिए। उनीहरूलाई निरन्तर निजी जीवनका विषयमा भद्दा टिप्पणी र यौनिक गाली भइरहेको थियो। समीक्षा केही समयअघि बलात्कार आरोपको मुद्दा लिएर अदालत पुगेकी थिइन् भने एलिनाले श्रीमानसँग डिभोर्स गरेपछि झनै अभद्र टिप्पणीको सिकार बनेकी हुन्।

एलिनाले भनिन्, ‘हामीले धेरै सह्यौं, अब सबैका लागि न्याय खोज्नुपर्छ भन्ने लागेर यो कदम चालेकी हुँ।’ यो अभियानले सामाजिक समर्थनसमेत पाइरहेको छ। प्रधानमन्त्रीसमेतले ‘साहसी छोरीहरू’ भन्दै सार्वजनिक रूपमा प्रशंसा गरेका छन्। एलिनाले भनिन्, ‘प्रधानमन्त्रीका निकटका व्यक्तिहरूले फोन गरेर हामी तपाईंहरूको साथमा छौँ भनेपछि अझ ऊर्जा थपियो।’

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.