लहान २३ असार ।लहानसहित देशभरका सुनचाँदी व्यवसायीहरू माग पूरा गराउन दबाब दिँदै १२ दिनदेखि आन्दोलनरत छन्। पसलहरू बन्द गरेपछि व्यवसायीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
सुनचाँदी पसलहरू बन्द हुँदा लहानका उपभोक्ताहरू स्थानीय रूपमा सेवा नपाएर छिमेकी भारतीय बजार लौकाहासम्म पुगेर किनमेल गर्न बाध्य भएका छन्। लगातारको बन्दले उपभोक्तामा असहज स्थिति सिर्जना गरेको छ।















