सिरहा ३२ असार ।सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साहलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन्।
साह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट मेयर पदमा निर्वाचित भएका थिए।















