धरान (सुनसरी) – लगातारको वर्षाले सुनसरीमा बाढी र पहिरोको जोखिम बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज करिब १ हजार ३६ घर डुबानमा परेका छन्।
प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार, खोलानाला बढ्दा भोक्राहा नरसिंह–५ मा करिब ३००, बराहक्षेत्र–८ मा १६० र इनरुवा–१० को जाल्पापुर क्षेत्रमा ३०० भन्दा बढी घर डुबानमा परेको छ। इनरुवा–४, ८, ९, १०, रामधुनी–६, ७ र इटहरी–५ का बस्तीहरूमा पनि केही घर डुबानमा परेको छ।
धेरै घर अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएका छन्। प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय निकायको टोलीले उद्धार तथा राहत कार्यमा सक्रिय रहेको छ।
बाढीका कारण इनरुवा–४ स्थित जानोद्दय विद्यालय र भोक्राहा कार्डियो न्युरो अस्पताल प्रभावित भए। अस्पतालमा चिकित्सकलाई डुङ्गामार्फत पु¥याइएको छ।
बराहक्षेत्र–८ को दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको छ; उनको खोजीकार्य जारी छ।
यसैबीच धरान–भेडेटार सडकखण्ड निसानेमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।















