Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जेनजीसँगको संवादले राजनीतिक संवादहिनता अन्त्य, एमालेको संसद पुनर्स्थापनाको अडानले वातावरण फेरि तातियो

जेनजीसँगको संवादले राजनीतिक संवादहिनता अन्त्य, एमालेको संसद पुनर्स्थापनाको अडानले वातावरण फेरि तातियो

जेनजी आन्दोलनका कारण राजनीतिक दलहरु सत्ताच्यूत भई गैरराजनीतिक दलको सरकार गठन भएर निर्वाचन घोषणा गरिएपछि राजनीतिक दलहरुबीच छलफल हुन सकेको थिएन।
तर सरकार गठनको एक महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको पहलबाट जेनजी र राजनीतिक दलबीचको संवाद पुनः सुरु भएको छ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय बैठक बोलाएपछि लामो समयदेखिको संवादहिनता अन्त्य भएको हो। तर छलफलमा सहभागी दलहरु निर्वाचनप्रति सकारात्मक देखिए पनि एमाले भने संसद पुनर्स्थापनाको अडानमा अडिग रह्यो।

ADVERTISEMENT

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरे पनि निर्वाचनको वातावरण अझै बनेको छैन। प्रमुख तीन दल नै निर्वाचन हुनेमा सशंकित देखिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

सरकारले निर्वाचनको तयारी अघि नबढाएको आरोपका बीच राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरुले दलहरुसँग परामर्श गरेका छन्।
निर्वाचनको वातावरण बनाउनकै लागि प्रधानमन्त्री कार्कीले जेनजी प्रतिनिधि र दलका नेताहरुसँग संयुक्त छलफल गरेकी हुन्।

तर जेनजीसँगको यो संवादमा एमाले फरक देखियो। सरकार र संसद विघटनप्रति असन्तुष्ट एमालेले पुनः संसद पुनर्स्थापनाको माग दोहोर्यायो।
एमाले नेता बर्तौलाका अनुसार “निर्वाचनबाट नभाग्ने” भए पनि सरकारको कदम निर्वाचनमुखी नभएको आरोप उनले लगाए। उनका अनुसार जेनजीको माग सम्बोधन गर्न संसद पुनर्स्थापना आवश्यक छ।

त्रिपक्षीय बैठकमा सबै दलहरु निर्वाचनका पक्षमा देखिँदा एमालेको अडानले जेनजी प्रतिनिधिहरुलाई असन्तुष्ट बनायो। उनीहरुको बुझाइमा एमालेले जेनजी आन्दोलनलाई अझै स्वीकार गरेको छैन।

यसबीच कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजीका माग सम्बोधन गर्न भ्रष्टाचारका फाइल पुनः खोल्ने र राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। राजदूत फिर्ता लगाउने निर्णयप्रति असन्तुष्ट एमालेले त्यसलाई असंवैधानिक भनेको छ।

सत्ताच्यूत हुनुपरेको पीडाका कारण एमाले अहिले पनि संसद पुनर्स्थापनाको पक्षमा दबाब बढाइरहेको छ। तर विश्लेषकहरुका अनुसार संसद पुनर्स्थापनाको हठले पुनः अस्थिरता र अविश्वासको वातावरण सिर्जना गर्न सक्छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.