Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीको सुरुङ्गामा छठ रातमै किशोरी अपहरण खण्डन तथा प्रतिक्रिया

सप्तरीको सुरुङ्गामा छठ रातमै किशोरी अपहरण खण्डन तथा प्रतिक्रिया

लहान २ पुष ।‘सप्तरीको सुरुङ्गामा छठ रातमै किशोरी अपहरण शैलीमा बेपत्ता, पीडितलाई उल्टै प्रहरीको हप्की धम्की, मुद्दा दर्तामा बिचौलियाको खेल– महिनौँपछि पनि आरोपी फरार, प्रहरी प्रशासनमाथि संरक्षण दिएको गम्भीर आरोप’ शीर्षकमा प्रकाशित/प्रसारित समाचार सामग्रीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा उल्लेखित विषयवस्तुहरूप्रति मेरो देहायअनुसार बुँदागत खण्डन तथा प्रतिक्रिया रहेको हुँदा यसलाई सार्वजनिक रूपमा स्थान दिनुहुन अनुरोध गर्दछु।

देहायः

१) अपहरणसम्बन्धी दाबीबारे
प्रसारित समाचारमा ‘किशोरी अपहरण शैलीमा बेपत्ता’ भएको उल्लेख गरिएको छ, जुन तथ्यगत रूपमा भ्रामक र असत्य रहेको स्पष्ट पार्न चाहन्छु। वास्तविकता अनुसार सो घटनामा केटा–केटीबीच आपसी प्रेम सम्बन्ध रहेको र छठको रातमा दुवैको सहमतिमै शारीरिक सम्बन्ध कायम भएको तथ्य विभिन्न प्रमाणसहित सार्वजनिक भइसकेको छ। यसलाई ‘अपहरण शैलीमा बेपत्ता’ भन्नु सत्यसँग मेल खाँदैन र समाजमा विद्यमान प्रमाणहरूले पनि उक्त दाबीलाई अस्वीकार गर्छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२) चरित्रहत्या र पत्रकारिता आचारसंहिताको उल्लङ्घनबारे
समाचार सामग्रीमा मेरो नाम उल्लेख गरी कुनै विषयवस्तुसँग जोडेर आरोप लगाउँदा, सम्बन्धित पक्षसँग एकपटक पनि धारणा नलिइएको, मेरो सामाजिक मर्यादा र प्रतिष्ठालाई गम्भीर क्षति पुग्ने गरी सामग्री प्रकाशन गरिएको छ। यसरी तथ्य पुष्टि नगरी, सम्बन्धित व्यक्तिको धारणा नलिई समाचार सम्प्रेषण गर्नु पत्रकारिताको आधारभूत सिद्धान्त र आचारसंहिताविपरीत रहेको मेरो ठहर छ।

३) दिनेश चौधरीको संलग्नताबारे
उक्त घटनामा दिनेश चौधरीको कुनै पनि प्रकारको संलग्नता नरहेको कुरा स्पष्ट भइसकेको छ। पछिल्लो समय प्रसारित समाचारहरूमा पनि यससम्बन्धी भूल सुधार भएको देखिन्छ। त्यसैले प्रारम्भिक समाचारमा नाम जोडिनु सरासर गलत रहेको स्पष्ट पार्दै, सो विषयमा औपचारिक खण्डन भएको जानकारी प्रेस काउन्सिल नेपालसमक्ष समेत गराइएको छ।

उपरोक्त कारणहरूका आधारमा भ्रामक, अप्रमाणित तथा चरित्रहत्या हुने गरी प्रकाशित समाचार सामग्रीप्रति मेरो यो खण्डन तथा प्रतिक्रिया यथोचित स्थानमा प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.