Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

महेश सिंह लहान  २७ माघ– सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवार सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। उनी सामाजिक चिन्तक तथा प्रखर बौद्धिक नेता स्वर्गीय प्रदीप गिरीका सुपुत्र हुन्।
उम्मेदवारी दर्तापछि लहानमा पत्रकारहरूसँग कुरा गर्दै गिरीले आफू मन्त्री बन्ने लक्ष्य लिएर राजनीतिमा नआएको स्पष्ट पारे। “मलाई मन्त्री बन्नु छैन, राजनीतिले के हो भन्ने कुरा बुझाउन र सुधार गर्न उम्मेदवारी दिएको हुँ,” उनले भने, “बिरासत बोकेका एमाले, कांग्रेस, माओवादी र जसपाका केही नेताहरूले राजनीतिलाई कमाउने भाडो र व्यापारको रूपमा प्रयोग गरेको देख्दा दुःख लागेको छ।”
उनले राजनीति व्यापार होइन, साधना र सेवाको मार्ग भएको व्याख्या गर्दै जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक संस्कारको आवश्यकता औंल्याए। लहान र सिरहामा समाजसेवामार्फत जनतासँग नजिक भएर काम गर्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो।
उम्मेदवार गिरीले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिक विकास तथा लहान–सिरहाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ रहेको बताए। “यी क्षेत्रको सुधारबिनासम्म समग्र विकास सम्भव छैन,” उनले भने।
उनले आफ्नो चुनावी अभियान निरन्तर जारी रहेको जानकारी दिँदै रिक्सा छापबाट चुनाव लड्ने बताए। “यो उम्मेदवारी बुबाको सपना साकार पार्ने प्रयास हो,” भन्दै उनले स्वर्गीय प्रदीप गिरीले देखाएको मूल्य, निष्ठा र वैचारिक राजनीतिको बाटोमा आफू अघि बढ्ने प्रतिवद्धता जनाए।
पत्रकार मनोज बनैता र महेश सिंहसँगको कुराकानीमा उनले बुबाको राजनीतिक भूमिकाबाट प्रेरित भएर स्वच्छ र विचारप्रधान राजनीतिलाई निरन्तरता दिन चाहेको बताए।
स्थानीयवासीहरूका अनुसार सन्तोष सिल्वाल गिरी सिरहा–१ मा चर्चित र अर्थपूर्ण उम्मेदवारका रूपमा हेरिएका छन्। उनका पिता प्रदीप गिरी नेपाली राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै बौद्धिक व्यक्तित्वका रूपमा परिचित थिए, जसको प्रभाव अहिले पनि व्यापक रूपमा महसुस गरिन्छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.