लहान। चाडपर्वको अवसरमा गोपाल सेवा समिति लहानले शुभकामना आदानप्रदान कार्यक्रमसहित वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि पूर्व संचारमन्त्री तथा सिरहा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य राजकिशोर यादव रहेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि यादवले चाडपर्वले समाजमा एक, आपसी सद्भाव र भाईचारा बढाउने भन्दै समितिलाई सामाजिक कार्यमा निरन्तर सक्रिय रहन सुझाव दिए। साथै, वार्षिक साधारणसभामा समितिका गत वर्षका गतिविधिहरूको समीक्षा गरिएको र आगामी वर्षका योजनाहरूको बारेमा विस्तृत छलफल भएको जानकारी गराइएको थियो।
समारोहमा विभिन्न स्थानीय समाजसेवी, व्यापारी, र समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।















