Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मनोसामाजिक समस्या खुलेर बाहीर ल्याउन आजको आवश्यक


मनोसामाजिक समस्या खुलेर बाहीर ल्याउन आजको आवश्यक

संजु कुमारी दास,सिरहा १४ पुष ।समाजमा व्यप्त हानीकारक परम्परागत अभ्यास, अमानविय व्यवहार र अन्य कारणहरुले मानिस विचलितहुने, चिन्ता गर्ने, आत्महत्या सम्मगर्ने गर्छन् । तर के आत्महत्या समस्याको समाधान हो त ? मनोसामाजिक समस्या एस्तो समस्या छ जसलाई समाजमा प्रायः नजरअंदाज गर्ने चलन रहेको छ । मनोसामाजिक समस्याको पहिचान समयमै भएन भने यस्ता समस्यामा परेका व्यक्ति मानसिक रुपमा अस्वस्थ्य भई विभिन्न प्रकारका घटनाहरु घट्ने घटाउने गर्छन् । जसले समाजमा, परिवारमा नराम्रो असर पर्ने गर्छ र अशान्ति फैलिनुका साथै द्वन्द्व श्रृजना हुन्छ । यस्ता समस्या हरु बाट समुदाय र व्यक्ति दुबै स्वस्थ्य रहुन् भनेरै मुक्ति नेपाल गोलबजारले प्रभावित व्यक्तिहरु लाई मनोविमर्श सेवा दीइदै आएको छ । मुक्ति नेपालले समस्यामा परेका व्यक्ति र उनको पहिचान गरी सेवा दीएको आधारमा जनबरी देखि दीसम्बर २०२४ सम्म सिरहा जिल्ला को चारओटा पालिका गोलबजार, सिरहा, कर्जनहा र कल्यानपुरमा यस्ता समस्यामा परेका व्यक्तिहरुलाई सेवा प्रदान गर्नुका साथै तथ्याङ्क पनि संकलन गरेको छ । जसमा जम्मा १३४ जना महिला प्रभावित रहेको तथ्याङ्कले देखाउछ । पुरुषहरु पनि प्रभावित छन् तर खुलेर बाहीर ल्याउदैन । त्यसैले समुदायमा नजिक भएर काम गर्ने निकायहरुको संलग्नता बढाउन र यस्ता समस्यामा परेका व्यक्तिहरुलाई प्रभावकारी रुपमा सेवा दीने उद्येश्यका साथ ३–३ दीने तालिम गोलबजार र सिरहा गरी दुई ठाउँमा ४ पुरुष र ५० महिला गरी जम्मा ५४ जनाको सहभागितामा सम्मपन्न भएको छ । जसमा १२ जना शिक्षक र ४२ जना स्वयमसेविका रहेका थिए ।
तालिमका सहजकर्ता कामना साहका अनुसार, समुदाय संग ग्रास रुटमा रही काम गर्ने स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका शिक्षक शिक्षिकाहरु र समुदायमा स्वयमसेवी भावले काम गर्ने सहभागिहरुलाई लक्षित गरेर संचालन गरीएको आधारभुत तालिम पछि सहभागीहरूले समुदायमा मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई पहिचान गरी मनोविमर्श सेवासम्म पुग्नलाई सहयोग पुग्छ, भन्ने आशा छ, बताउदै, समुदायमा शारीरिक रूपमा स्वस्थ्य हुनुपर्छ भनेर सबैमा जानकारी छ, तर मानसिक रूपमा स्वस्थ्य हुनुपर्छ भनेर जानकारी नभएकै कारण मानसिक रुपमा अस्वस्थ्य भएका व्यक्तिहरू र आत्महत्याका घटनाहरू बढिरहेको अवस्था छ । यसलाई न्यूनीकरण गर्नको लागि यो तालिम आयोजना गरेको र यस्ता समस्यामा परेका व्यक्तिहरु सहेर होईन यसबाट बाहिर निस्कीन आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै तालिममा सहभागि ( श्रमिक आधारभुत विद्यालय गोलबजार ४ की शिक्षिका) रंजु परियार भन्नु हुन्छ, हामी सँग विद्यार्थीहरू छ, त्यो विद्यार्थीहरूमा पनि मनोसामाजिक समस्याका लक्षणहरू देखा पर्यो भने हामीले उनको अभिभावकसँग कुरा गरेर मनोविमर्श सेवा लिनुपर्छ भनेर उत्साहित बनाउनेछौं, हाम्रा समुदायमा यस्ता घटनाहरू धेरै नै रहेको छ तर पहिचान गर्न सकिराखेको छैन अब हामीले यस्ता लक्षणहरू भएका व्यक्तिहरूलाई सके आफै नत्र मुक्ति नेपाल मा मनोविमर्श सेवा लिन पठाउनेछु ।

ADVERTISEMENT

त्यस्तै सिरहा १२ सारस्वरकी स्वास्थ्य स्वयमसेविका गायत्री शर्मा भन्नु हुन्छ, हामी महिला स्वयंसेविका समुदायमा धेरै दिनदेखि काम गरिरहेको थियौँ र स्वास्थ्य शाखाले हामीलाई धेरै तालिमहरू दियो तर मनोसामाजिक सुस्वास्थ्य तथा मनोविमर्श सम्बन्धी पहिलो चोटी हामीले तालिम लियौ, मनोसामाजिक समस्या समुदायमा धेरै नै रहेको छ र पहिचान गरिराखेका थिएनौँ मुक्ति नेपालले यो तालिम आयोजना गरेर हामीलाई दिएकोमा मुक्ति नेपाल प्रति आभार प्रकट गर्दै, अब हामी आफ्नो समुदायमा र छर छिमेकीमा कसैलाई पनि मनोसामाजिक समस्या का लक्षणहरू देखा पर्यो भने हामी पहिचान गर्नेछौं र मनोविमर्श सेवा सम्म पुगाउने छौं । यो तालिम लिरहँदा समुदायमा केही कारण वश मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई सम्झिएका छौं र त्यो व्यक्तिहरूलाई अब मनोविमर्शकर्ता सम्म ल्याउनेछु ।
गोलबजार ५ असनपुरकी स्वास्थ्य सेविका मुन्नी कर्णका अनुसार समुदायमा मनोसामाजिक समस्या पुरुषभन्दा बढी महिलाहरूमा देखिरहेका अवस्था छ , समुदायमा बढी गरेर हिंसामा परेर महिलाहरूलाई मनोसामाजिक समस्या भइरहेको छ अब हामी स्वयंसेविकाहरू आमा समूहमा बैठक गर्दा त्यहाँ पनि हामीले सिकेका कुराहरू उहाँहरूलाई जानकारी दिनेछौं र समुदायका व्यक्तिहरूलाई पनि हामीले मनोसामाजिक समस्या तथा मनोविमर्शको बारेमा जानकारी दिनेछौं
श्री माध्यमिक विद्यालय भलुवाहीका शिक्षक जयराम यादव भन्नु हुन्छ ध्ज्इ को परिभाषा अनुसार स्वास्थ्य भनेको शारीरिक मानसिक र सामाजिक रूपमा तन्दुरुस्त हुने व्यक्तिलाई स्वास्थ्य भनिन्छ, अहिलेसम्म हाम्रो समुदाय शारीरिक स्वास्थ्य लाई मात्रै खयाल गर्दैछ मानसिक अस्वस्थ लाई केयर नगरेकै कारण आत्महत्याका घटनाहरू यति घटिराखेको अवस्था छ । जसरी हामी शारीरिक स्वास्थ्यलाई बुझ्छौ त्यसरी नै मानसिक स्वास्थ्यलाई पनि बुझ्नुपर्छ भनेर यो तालिमबाट सिकाई भएको छ । यो तीन दिनको तालिमले धेरै सान्दर्भिक बनाएको छ व्यक्तिगत जीवन मा र यो तीन दिनको तालिममा जति पनि विषयवस्तु जस्तै मनोसामाजिक सुस्वास्थ्य मनोसामाजिक समस्या उत्पन्न हुने कारणहरू मनोसामाजिकका लक्षणहरू, मनोविमर्श सेवा, सञ्चार, उदासीनता, आत्महत्या, एन्जाइटी, र आत्म स्याहार, यी विषयवस्तुमा हामी प्रष्टसँग बुझेका छौं र मनोसामाजिक समस्या का लक्षणहरू विद्यालयका विद्यार्थीहरूमा या समुदायका कुनै व्यक्तिमा पहिचान गर्न सक्छौ अब हामी मनोसामाजिक सहजकर्ता भई मानसिक अस्वस्थ भएका व्यक्तिहरूलाई मनोविमर्श सेवासम्म पुर्याउन सहयोग गर्नेछु भने प्रतिबद्ध जनाउनु भयो ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.