काठमाडौँ :अमेरिकी न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता बदल्ने आदेशलाई असंवैधानिक ठहर गर्दै अस्थायी रोक लगाएका छन्। ट्रम्पले आप्रवासन नीतिसम्बन्धी कठोर कदमका साथै सीमामा थप सैनिक तैनाथ गर्ने तयारी गरेका छन्।
यसअघि, उनले डाभोस इकोनोमिक फोरममा अमेरिकामा उत्पादन नगर्ने कम्पनीलाई उच्च ट्यारिफको चेतावनी दिएका थिए। साथै, क्यानाडालाई अमेरिकी राज्य बन्न सक्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।
युक्रेन युद्धबारे रुसले ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएको छ। ट्रम्पले युद्ध नरोके कठोर आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।















