एजेन्सी – सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरूबीच भएको झडपमा अहिलेसम्म ६३८ जनाको ज्यान गएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार जुलाई १३ देखि सुरु भएको यस हिंसात्मक द्वन्द्वमा परी कम्तिमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरूको मृत्यु भएको छ।
बेलायतमा आधारित युद्ध अनुगमनकर्ताहरूले यो तथ्याङ्क सार्वजनिक गरेका हुन्।
सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिंसालाई नियन्त्रणमा लिन सेना तैनाथ गरिने र संयम अपनाउन आह्वान गरेका छन्।















