Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रतिभा छनाैटमा अख्तियारकाे दुरुपयोग

काठमाडौं । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयकाे चालू अा.व.२०७८/०७९ काे सँस्कृति प्रवर्द्धन कार्यक्रममा समावेश भएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार छनाैट गरेको छ ।
प्रतिभा पुरस्कार , २०७८ का लागि विभिन्न विधा र स्रष्टाहरूलाई पुरस्कृत गर्न (माननीय मन्त्रीस्तर) काे मिति २०७९/०३/१० काे निर्णयणानुसार समर्पण गर्ने निर्णय गरिएको मन्त्रालयले सम्प्रेषण गरेकोे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भाषा एवम् साहित्य विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक पुरस्कारमा समेत एकल जातीय नश्लवाद झल्किएकाे देखिन्छ ।
जाति, क्षेत्र र प्रदेश सन्तुलनकाे नाैटंकी गरिए तापनि त्याे केवल कर्मकाण्डी मात्रै देखिन्छ । यस विधाका राष्ट्रिय प्रतिभा पुरस्कारमा छनाैट गरिएका साेमराज अभय कट्टेल सहित ८ जना छनाैट गरिएका छन् । ८ जनामा एकजना चाैधरी बाहेक ७ जना खसबाहुन मात्रै छन् । गणतान्त्रिक समावेशी लाेकतन्त्रमा पञ्चायतलाई समेत माथ गरेको छ । जनताको शासन गणतन्त्रमा यस्तो हुन्छ ? यस पुरस्कारको नामै खसबाहुन प्रतिभा पुरस्कार नामकरण गरिदिए फरक नपर्ला । शासकहरूले विभिन्न नाममा राज्यसंरचनामा तर् मारिरहेका छन् ।
प्रतिभा र पुरस्कारको नाममा याे अर्को जातिवाद र लुट नभएर के हाे ? सँस्कृति विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार पनि राष्ट्रिय सहित ८ जना छनाैट गरिएको छ । यसमा पनि बहुमत ५ जना खसबाहुनबाटै छनाैट गरिएको छ । ३ जना मात्रै जनजातिबाट छनाैट भएका छन् । सँस्कृतिविधामा राष्ट्रिय प्रतिभा भनेर छनाैट गरिएका डा. रमेश ढुङ्गेल अन्तर्राष्ट्रिय प्रतिभा हुन् । उनलेे मन्त्रालयले जारी गरेको सुचना अनुसार अावेदन दिएका पनि हाेइनन् उनलाई बिना अावेदन, प्रक्रिया भन्दा बाहिरबाट छनाैट गरिएको छ । यहाँ स्मरणीय के छ भने ढुङ्गेल यसअघि यस्तै प्रतिभा छनाैट समितिका सदस्य भइसकेका पात्र हुन् । उनी अन्तर्राष्ट्रिय प्रतिभा भएर सानाे राष्ट्रिय प्रतिभा पुरस्कारमा दाबी गर्नु नीतिगत र विधिगत रूपमा मिल्ने विषय हाेइन ।
अाफै छनाैट समितिमा पहिला बसेकाे व्यक्तिले पुरस्कार लिनु र दिनु दुबै पक्षले अख्तियारकाे दुरुपयोग गरेको ठहर्छ । नेपाल सरकारले दिने यस्तो महत्त्वपूर्ण पुरस्कार छनाैटमा यस्तो गलत संस्कारको अभ्यास र थालनी गर्ने व्यक्ति, पात्र र संस्थालाई अख्तियार दुरुपयोग गरेकोे अपराधमा हदैसम्मको कारवाही सही संस्कारकाे थालनी हुनुपर्दछ । अन्यथा यस्तो गलत अभ्यासले अागामी दिनमा पुरस्कार र पात्रको महत्त्व र गरिमा बच्न सक्दैन ।
त्यसैगरी ललितकला विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार र सङ्गीत तथा नाट्य विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारमा केही जातीय सन्तुलन मिलाउन खाेजेकाे देखिन्छ । तर करिब ३० प्रतिशत जनसंख्या रहेको खसबाहुनकै बहुमत छनाैट गरिएको पाइन्छ ।
नेपालकाे कलासँस्कृतिकाे मुल खम्बा दलित, जनजाति र तराई-मधेसीलाई उही साक्षी किनारा मात्रै बनाइएको देखिन्छ । बहिष्करण, किनाराकृत,अलगीकरण, अदृष्यकरण गरिएका समुदाय र विगतमा सबैका भाग एक्लै अाेगटेका प्रभुत्ववादी र वर्चस्वशाली समुदायका प्रतिभा छनाैटकाे विधि, प्रक्रिया र मापदण्ड एउटै बनाइनु न्यायसंगत हुनैसक्दैन । अागामी दिनमा प्रतिभा छनाैट मापदण्डमा व्यापक परिमार्जन, छनाैट समिति पूर्णरूपमा समानुपातिक बनाइनुपर्छ ।
अख्तियारकाे दुरुपयोग गरेर मनाेमानी गर्ने प्रवृत्तिले निरन्तरता पाउनु हुँदैन । सम्बन्धित निकायले बेलैमा ख्याल गराेस । पुरस्कारको नाममा जातिवादी अभ्यासको सनातनी मान्यतालाई स्थापित गर्ने रकमी अभ्यास बन्द गरिनुपर्छ ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...