काठमाडौं । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयकाे चालू अा.व.२०७८/०७९ काे सँस्कृति प्रवर्द्धन कार्यक्रममा समावेश भएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार छनाैट गरेको छ ।
प्रतिभा पुरस्कार , २०७८ का लागि विभिन्न विधा र स्रष्टाहरूलाई पुरस्कृत गर्न (माननीय मन्त्रीस्तर) काे मिति २०७९/०३/१० काे निर्णयणानुसार समर्पण गर्ने निर्णय गरिएको मन्त्रालयले सम्प्रेषण गरेकोे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भाषा एवम् साहित्य विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक पुरस्कारमा समेत एकल जातीय नश्लवाद झल्किएकाे देखिन्छ ।
जाति, क्षेत्र र प्रदेश सन्तुलनकाे नाैटंकी गरिए तापनि त्याे केवल कर्मकाण्डी मात्रै देखिन्छ । यस विधाका राष्ट्रिय प्रतिभा पुरस्कारमा छनाैट गरिएका साेमराज अभय कट्टेल सहित ८ जना छनाैट गरिएका छन् । ८ जनामा एकजना चाैधरी बाहेक ७ जना खसबाहुन मात्रै छन् । गणतान्त्रिक समावेशी लाेकतन्त्रमा पञ्चायतलाई समेत माथ गरेको छ । जनताको शासन गणतन्त्रमा यस्तो हुन्छ ? यस पुरस्कारको नामै खसबाहुन प्रतिभा पुरस्कार नामकरण गरिदिए फरक नपर्ला । शासकहरूले विभिन्न नाममा राज्यसंरचनामा तर् मारिरहेका छन् ।
प्रतिभा र पुरस्कारको नाममा याे अर्को जातिवाद र लुट नभएर के हाे ? सँस्कृति विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार पनि राष्ट्रिय सहित ८ जना छनाैट गरिएको छ । यसमा पनि बहुमत ५ जना खसबाहुनबाटै छनाैट गरिएको छ । ३ जना मात्रै जनजातिबाट छनाैट भएका छन् । सँस्कृतिविधामा राष्ट्रिय प्रतिभा भनेर छनाैट गरिएका डा. रमेश ढुङ्गेल अन्तर्राष्ट्रिय प्रतिभा हुन् । उनलेे मन्त्रालयले जारी गरेको सुचना अनुसार अावेदन दिएका पनि हाेइनन् उनलाई बिना अावेदन, प्रक्रिया भन्दा बाहिरबाट छनाैट गरिएको छ । यहाँ स्मरणीय के छ भने ढुङ्गेल यसअघि यस्तै प्रतिभा छनाैट समितिका सदस्य भइसकेका पात्र हुन् । उनी अन्तर्राष्ट्रिय प्रतिभा भएर सानाे राष्ट्रिय प्रतिभा पुरस्कारमा दाबी गर्नु नीतिगत र विधिगत रूपमा मिल्ने विषय हाेइन ।
अाफै छनाैट समितिमा पहिला बसेकाे व्यक्तिले पुरस्कार लिनु र दिनु दुबै पक्षले अख्तियारकाे दुरुपयोग गरेको ठहर्छ । नेपाल सरकारले दिने यस्तो महत्त्वपूर्ण पुरस्कार छनाैटमा यस्तो गलत संस्कारको अभ्यास र थालनी गर्ने व्यक्ति, पात्र र संस्थालाई अख्तियार दुरुपयोग गरेकोे अपराधमा हदैसम्मको कारवाही सही संस्कारकाे थालनी हुनुपर्दछ । अन्यथा यस्तो गलत अभ्यासले अागामी दिनमा पुरस्कार र पात्रको महत्त्व र गरिमा बच्न सक्दैन ।
त्यसैगरी ललितकला विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार र सङ्गीत तथा नाट्य विधा तर्फकाे राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारमा केही जातीय सन्तुलन मिलाउन खाेजेकाे देखिन्छ । तर करिब ३० प्रतिशत जनसंख्या रहेको खसबाहुनकै बहुमत छनाैट गरिएको पाइन्छ ।
नेपालकाे कलासँस्कृतिकाे मुल खम्बा दलित, जनजाति र तराई-मधेसीलाई उही साक्षी किनारा मात्रै बनाइएको देखिन्छ । बहिष्करण, किनाराकृत,अलगीकरण, अदृष्यकरण गरिएका समुदाय र विगतमा सबैका भाग एक्लै अाेगटेका प्रभुत्ववादी र वर्चस्वशाली समुदायका प्रतिभा छनाैटकाे विधि, प्रक्रिया र मापदण्ड एउटै बनाइनु न्यायसंगत हुनैसक्दैन । अागामी दिनमा प्रतिभा छनाैट मापदण्डमा व्यापक परिमार्जन, छनाैट समिति पूर्णरूपमा समानुपातिक बनाइनुपर्छ ।
अख्तियारकाे दुरुपयोग गरेर मनाेमानी गर्ने प्रवृत्तिले निरन्तरता पाउनु हुँदैन । सम्बन्धित निकायले बेलैमा ख्याल गराेस । पुरस्कारको नाममा जातिवादी अभ्यासको सनातनी मान्यतालाई स्थापित गर्ने रकमी अभ्यास बन्द गरिनुपर्छ ।

















