सिरहा,श्रावण १ महेश सिंह। सिरहाको लहान १ पशुपति आदर्श उच्च माद्यामिक बिधालयको परिसर भित्र जिम सेन्टर संचालनमा आउने लहानका मेयर महेश प्रसाद चौधरीले बताए।
शारीरिक रूपले हरेक ब्यक्ती स्वास्थय रहुन भने उदेश्यले लहानमा जिम सेन्टर संचालनमा आउने भएको छन्। अनुगमनका लागी निस्केका मेयर चौधरीले पशुपति आदर्श उच्च माद्यामिक बिधालयको परिसर भित्रै एक हप्ता भित्रै जिम सेन्टर संचालन गर्ने भएको छ्।
आउदो मंगलवार जिम सेन्टरको बिधिबत रूपमा उदघाटन हुने मेयर चौधरीका निजि स्वकीय सचिब शंकर श्रेष्ठले बताए।
जिम गर्न आउने सेवा ग्राहीहरुबाट १ सय रुपैया मात्र नाम दर्ता सुलक लिने बताए। स्थानीयहरु निजि जिम सेन्टरहरुमा हजार दुई हजार रकम तिरे निजि सेन्टरहरुमा ब्यामको लागी जान नपरोस् भने उदेश्यले लहान नगरपालिका र पशुपति आदर्श उच्च माद्यामिकको सहकार्य र समन्वयमा जिम सेन्टर संचालन हुन् लागेका हुन्।















