Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

चुनावी मैदानमा एक दर्जनभन्दा बढी व्यवसायी


चुनावी मैदानमा एक दर्जनभन्दा बढी व्यवसायी

काठमाडौं । व्यवसायीहरुको सधैं हुने गरेको एउटै गुनासो हो, ‘सरकार व्यवसायी मैत्री भएन ।’ तिनैमध्ये कति व्यवसायीले संसदमा प्रवेश पाइसकेका छन् । तर, नीति निर्माणमा पुगेका ती व्यवसायी आफ्नो स्वार्थमा मात्रै व्यस्त रहने गरेको आरोप पनि छ ।

गुनासो गर्ने र अहिलेसम्म संसदमा छिर्न नपाएका केही व्यवसायी अहिलेचुनावी महाभिडन्तमा उत्रिएका छन् । उनीहरु नीति निर्माण गर्ने ठाउँमा पुग्ने दौडमा छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावको नतिजा आफ्नो पक्षमा पारे भने उनीहरु सांसद हुनेछन् ।

पछिल्लो समय राजनीतिप्रति सबै पेशा, धर्म र वर्गको आकर्षण बढ्दो छ । कलाकार, व्यवसायी, इञ्जिनियर सबै पेशाका मानिसको उम्मेदवारी दर्ताले राजनीतिप्रतिको आकर्षणलाई पुष्टि गर्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

बालकृष्ण सिवाकोटी

व्यवसायी बालकृष्ण सिवाकोटीले नेकपा एमालेको तर्फबाट दोलखाबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेलेसिवाकोटीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । सिवाकोटी २०७३ मा लगानी बोर्डमा मनोनीत भएका थिए ।

मेगा बैंकका सञ्चालक समिति सदस्य सिवाकोटी कालिञ्चोक केवलकारका सञ्चालक पनि हुन् । करिब १ दर्जनभन्दा बढी उद्योग तथा व्यवसायमा उनको संलग्नता छ ।

उमेश श्रेष्ठ

व्यवसायी उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत हुन् । उनी कांग्रेसबाट समानुपातिक सांसद पनि थिए ।

२०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य निर्वाचित उनले संसदको आर्थिक समिति र शिक्षा तथा स्वास्थ्य समितिको सदस्य तथा विभिन्न उपसमितिको संयोजक भएर काम गरेका थिए ।

व्यवसायीका रुपमा उनले शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष पनि हुन् उनी ।

विनोद चौधरी

ADVERTISEMENT

पश्चिम नवलपरासी १ बाट कांग्रेसकै तर्फबाट अर्बपति विनोद चौधरीले उम्मेदवारी दिएका छन् । नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी समेत रहेका चौधरीका विभिन्न व्यवसाय छन् । उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन् ।

एलपी साँवा लिम्बू

वैदेशिक रोजगार व्यवसायी एलपी साँवा लिम्बूले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका साँवा यसअघि पनि सांसद थिए । उनले पछिल्लाे समय वैदेशिक राेजगार व्यवसाय छाेडेर जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् ।

सुमनविक्रम पाण्डे

पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पाण्डे प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् ।

पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत विभिन्न विधाका व्यवसायका साथै ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष, एयरलाइन अपरेर्टस एसोसियसन (आवान) को महासचिवसमेत हुन् । उनी नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्यसमितिको सदस्यलगायत विभिन्न व्यावसायिक नेतृत्वमा पुगिसकेका छन् ।

विक्रम पाण्डे

व्यवसायी विक्रम पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । उनी राप्रपाका तर्फबाट उम्मेदवार बनेका हुन् । पाण्डे नेता तथा व्यवसायी हुन् । उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा वनमन्त्री थिए । उनको कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावर रहेको छ ।

डा. वीरेन्द्र महतो

व्यवसायी डा. वीरेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । डा. महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । महतोको पनि आफ्नै विभिन्न व्यवसाय रहेको छ । उनी माछापुछ्रे बैंकका अध्यक्ष पनि हुन् ।

डा. सुनिल शर्मा

मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसतर्फका उम्मेदवार बनेका छन । डा. शर्मा अहिले ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् । विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजमा उनको लगानी छ ।

राजेन्द्र बजगाईं

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । कांग्रेसका तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । पर्यटन व्यवसायी बजगाईंको १ अर्ब १६ करोड लगानीको होटल वर्णबास छ ।

पूर्णबहादुर तामाङ

निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछापबाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।

किसान श्रेष्ठ

व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । किसान पूर्वम्यानपावर व्यवसायी हुन् भने जग्गाको कारोबारमा पनि सक्रिय थिए ।

दीपक खड्का

व्यवसायी दीपक खड्काले संखुवासभाबाट उम्मेदवारी दर्ता गराएका छन् । उनको पर्यटनका साथै जलविद्युतमा पनि लगानी छ । उनी कांग्रेस संखुवासभाका सभापतिसमेत हुन् ।

मोहन आचार्य

निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट उम्मेदवारी दिएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका आचार्य यसअघि पनि सांसद थिए । उनको रसुवा कन्स्ट्रक्सन छ । उनी सांसद भएको बेला आफ्नो कम्पनीलाई अनुकूल हुने गरी मापदण्ड बनाएर लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का दिन लागेको आरोप छ ।

आकर्षण पोखरेल

व्यवसायी आकर्षण पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल केही वर्षअघि मात्र अमेरिकाबाट फर्किएका हुन् ।

हाल उनले एसियाकै पहिलो स्काइवाक टावर कमलादीमा निर्माण गरिरहेका छन् ।

देवीप्रकाश भट्टचन

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेका तर्फबाट समानुपातिक सूचीमा परेका छन् । भट्टचन प्रभु ग्रुप र प्रभु बैंकका अध्यक्ष हुन् । नेपाल प्रेसबाट साभार

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.