कैलालीको चुरे गाउँपालिका- ६ मल्लो ढुङ्गेनीमा
एक व्यक्तिले आफ्नी श्रीमतीलाई बञ्चरो प्रहार गरी
हत्या गरेका छन्। ५५ वर्षीय डम्बर चुनाराले ४७
वर्षीया हिरादेवी चुनारालाई बिहीबार राति १ बजे
बञ्चरो हानेर घटनास्थलमै मृत्यु पुर्याएका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार,
डम्बरले श्रीमती हिरादेवीलाई बञ्चरो प्रहार गर्दा
घटनास्थलमै उनको मृत्यु भएको थियो । घटनाको
बारेमा अनुसन्धान गर्न प्रहरीले डम्बरलाई पक्राउ
गरी थुनुवा कक्षमा राखेको छ।
हिरादेवीको शवलाई पोस्टमार्टमका लागि
धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा
राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान
गरिरहेको छ ।
दशैंको अवसरमा परिवारका सदस्यहरूसँग
रमाइलो गर्नुपर्ने बेला यस्तो दुःखद घटना भएकोमा
स्थानीय समुदायमा त्रास र चासोको स्थिति छ ।















